पहाडी भेगका केही स्थानमा शनिबारसम्म वर्षाको सम्भावना « Khabarhub

पहाडी भेगका केही स्थानमा शनिबारसम्म वर्षाको सम्भावना


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ ।

हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ । अहिले तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शुक्रबार र शनिबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन १३ गते (बिहीबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन १४ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक– दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

फागुन १५ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ७ : ०१ बजे

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय