कोरोना खोप खोज्दै सोनम कपूर « Khabarhub

कोरोना खोप खोज्दै सोनम कपूर


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय सरकारले बुधबारबाट कोरोना भाइरस भ्याक्सिनेसनको दोस्रो चरण सुरु हुने घोषणा गरिसकेको छ । यो चरणमा ६० वर्ष उमेरमाथिका नागरिकलाई खोप लगाइनेछ । यी व्यक्तिबाहके ४५ वर्ष उमेरदेखि माथिका र कुनै गम्भीर बिरामीबाट पीडितलाई पनि लगाउने नीति सरकारले लिएको छ ।

बलिउड अभिनेत्री सोनम कपूरले आफ्नो हजुरबा–हजुरआमा तथा आमाबुवाका लागि कोरोना खोपको खोजी सुरु गरेकी छन् । तर खोप कहाँ पाइन्छ भन्ने सही जानकारी उनले पाइसकेकी छैनन् ।

दैनिक जागरणका अनुसार सामाजिक सञ्जालमार्फत सोनमले कोरोना खोपको बारेमा जानकारी दिन आग्रह गरेकी छन् । ‘मैले कोरोना खोपका बारेमा अलग–अलग जानकारी पाइरहेको छु । त्यहीकारण म अलमलमा परेको छु’, उनले लेखेकी छन् ।

‘के कसैले मलाई हाम्रो हजुरबुवा तथा हजुरआमा र मातापितालाई भारतमा कसरी भ्याक्सिन लगाउन र कहिले उपलब्ध हुन्छ भनेर जानकारी दिन सक्नुहुन्छ ? म ठूलो समस्यामा छु । सबैबाट अलग–अलग जानकारी पाइरहेकी छु ।’ उनले लेखेकी छन् । सामाजिक सञ्जालमा सोनमको यो पोस्ट निकै भाइरल भइरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १ : १५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय