प्रचण्ड-माधव नेतृत्वमा सरकार बन्न असम्भव- सूर्य थापा | Khabarhub Khabarhub

प्रचण्ड-माधव नेतृत्वमा सरकार बन्न असम्भव- सूर्य थापा


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै नयाँ सरकार गठनको चर्चा शुरू भएका छन् ।

नयाँ सरकारको नेतृत्व दाहाल-नेपाल खेमाका पुष्पकमल दाहाल वा माधव कुमार नेपाल हुन सक्ने चर्चा चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड-माधव नेतृत्वमा सरकार गठन सम्भव नभएको बताएका छन् ।

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्ड-माधव नेतृत्वमा सरकार गठन हुनु र ‘गोरु ब्याएर बिगौती खान खोज्नु’ उस्तै हुने टिप्पणी गरेका छन् ।

‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ । यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको । अरू हेर्दै जाऔं,’ थापाले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १ : ३७ बजे

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत– फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन)

रविलाई सीकेको सुझाव– बारा र इलाममा जमानत गयो, विचार गर्नुहोला !

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले इलाम–२ को उपनिर्वाचनको परिणामबारे

अफगान मस्जिदमा आक्रमण, छ जनाको मृत्यु

काबुल– पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको

लुलुगाई मारेको आरोपमा तीन पक्राउ

मनाङ– मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको