प्रचण्ड-माधव नेतृत्वमा सरकार बन्न असम्भव- सूर्य थापा « Khabarhub

प्रचण्ड-माधव नेतृत्वमा सरकार बन्न असम्भव- सूर्य थापा


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै नयाँ सरकार गठनको चर्चा शुरू भएका छन् ।

नयाँ सरकारको नेतृत्व दाहाल-नेपाल खेमाका पुष्पकमल दाहाल वा माधव कुमार नेपाल हुन सक्ने चर्चा चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड-माधव नेतृत्वमा सरकार गठन सम्भव नभएको बताएका छन् ।

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्ड-माधव नेतृत्वमा सरकार गठन हुनु र ‘गोरु ब्याएर बिगौती खान खोज्नु’ उस्तै हुने टिप्पणी गरेका छन् ।

‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ । यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको । अरू हेर्दै जाऔं,’ थापाले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १ : ३७ बजे

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६