बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति « Khabarhub

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

खानेपानी आयोजनामा ६४ करोडको नोक्सानी


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण चार जिल्लाका ५५ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका खानेपानी आयोजनामा प्रारम्भिक विवरणअनुसार करिब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको हो।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै ४ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विभागले जनाएको छ।

विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका २०, रसुवाका ८ तथा गोरखाका ५ वटा आयोजना प्रभावित भएका छन्। बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने जारी छ।

बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा तत्काल पानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको महानिर्देशक श्रेष्ठले बताए।

विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा पानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ। उक्त जेनेरेटरमार्फत दैनिक करिब ५ लाख लिटर खानेपानी वितरण भइरहेको विभागले जनाएको छ।

त्यस्तै, १ एचपी क्षमताका ७ वटा पम्प सञ्चालनमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँगको समन्वयमा भदौ १२ गतेदेखि ४ वटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको छ।

बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा खानेपानी सेवा विस्तार गर्न आवश्यक सामग्रीसमेत व्यवस्थापन गरिएको विभागले जनाएको छ। सेवा विस्तारका लागि २ एचपी र १ एचपी क्षमताका गरी कुल १४ वटा पम्प, १ हजार लिटर क्षमताको हिलटेक ट्याङ्की तथा करिब ४१.१ किलोमिटर एचडीपीई पाइप तयारी अवस्थामा राखिएको छ।

उक्त सामग्री प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गरी खानेपानी सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाका लागि प्राविधिक टोली निरन्तर खटिएको र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माणका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ६ : ४० बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी