१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा « Khabarhub

१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ ।

हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फुटबल सङ्घअन्तर्गत सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न लागिएको हो । जिल्लास्तरमा सम्पन्न प्रारम्भिक चरणको छनोटबाट सुर्खेतका २६ जना बाल खेलाडी दोस्रो चरणको छनोटमा पर्न सफल भएका छन् ।

कर्णाली प्रदेश फुटबल सङ्घका महासचिव गणेशकुमार कार्कीले एन्फाकै प्रशिक्षक तथा प्राविधिक टिमले २६ मध्येबाट राष्ट्रियस्तरका लागि खेलाडी छनोट गर्ने जानकारी दिए । उनका अनुसार आधारभूत तहदेखि नै फुटबलको विकास गर्न, सानै उमेरदेखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टिम बनाउने उद्देश्यले सुर्खेत र जुम्लाका खेलाडीको छनोट सुर्खेतको वीरेन्द्रनगरमा गर्न लागिएको हो ।

सुर्खेतमा यही फागुन १८ र १९ गते स्थानीय रङ्गशालामा खेलाडी छनोट चरण सञ्चालन हुनेछ । छनोटमा आउने खेलाडीले आफू २०६५ पुस १५ देखि २०६६ पुस १४ गतेसम्मको अवधिमा जन्मिएको जन्मदर्ताको प्रमाण पेश गर्नुपर्नेछ । जिल्ला र प्रादेशिक तह हुँदै राष्ट्रिय छनोट पार गर्ने खेलाडीलाई एन्फाले आफ्ना प्राविधिक केन्द्रमा आवासीय रुपमा राखेर पढाइ लेखाइसँगै फुटबल प्रशिक्षण दिनेछ ।

बालबालिकालाई आठ वर्षको उमेरदेखि नै फुटबलमा आकर्षित गर्न एन्फाको कार्यक्रम अनुसार सुर्खेत जिल्लामा पनि करीब तीन वर्षदेखि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा छ । विभिन्न विद्यालयका उमेर समूहका खेलाडीबीच ग्रासरुट लिग पनि नियमित रुपमा सञ्चालन भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  २ : १९ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले