देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरूको बैठक « Khabarhub

देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरूको बैठक


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बोलाइएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई बदर गरेपछि राजनीतिक घटनामाथि पार्टीको धारणा बनाउन कांग्रेसका शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।

बैठकमा प्रतिनिधिसभाको पुनर्स्थापना, नेकपाका दुवै समूहले संसदभित्र सत्ता समीकरणमा सहकार्यका लागि गरेका प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलगायतका अन्य वरिष्ठ नेताहरू तथा पार्टीका पूर्वपदाधिकारीहरु समेत सहभागी हुनेछन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपाको ओली पक्ष र प्रचण्ड-नेपाल दुवै पक्षले अब सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न प्रस्ताव राखेका छन्। अहिलेसम्म कांग्रेसले सरकारमा जाने नजाने स्पस्ट गरेको छैन।

यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  २ : ३८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा