‘चेहरे’ पोस्टरमा किन अटाइनन् रिया ? « Khabarhub

‘चेहरे’ पोस्टरमा किन अटाइनन् रिया ?


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीको जीवन सदाका लागि बदलिएको छ । उनी सुशान्तको निधन अघि सामाजिक सञ्जालमा निकै सक्रिय थिइन् । अहिले भने उनी मिडियाको क्यामराबाट टाढिन सक्रिय छिन् ।

एक समय लागुऔषधको मुद्धामा फसेकी रिया आफ्नो पहिलाको जीवनमा आफूलाई ल्याउन प्रयासरत छिन् । यही माहौलमा उनी अभिनित फिल्म ‘चेहरे’ यसै वर्षको अप्रिल ३० मा रिलिज हुँदैछ ।

आजतकमा प्रकाशित समाचारअनुसार हालैमात्र फिल्मको पोस्टर सार्वजनिक भएको छ । तर पोस्टरमा रियालाई स्थान दिइएको छैन । सार्वजनिक पोस्टरमा अमिताभ बच्चन, इमरान हाशमी र अभिनेत्री क्रिस्टल डिसूजालाई मात्र स्थान दिइएको छ ।

फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेकी रियालाई नै पोस्टरमा नराखिएपछि बलिउडमा चर्चा शूरु भएको छ । अमिताभले इन्स्टाग्राममा तस्वीर पोस्ट गर्दै रियाबाहेक सबै स्टारलाई ट्याग गरेका थिए ।

सामाजिक सञ्जालमा कतिपयले अन्तिम अवस्थामा रियाको अनुहार पोस्टरबाट त हटाइएको हैन ? भन्दै प्रश्नसमेत गरेका छन् । कतिपयले रियाको स्थानमा क्रिस्टललाई त ल्याइएको होइन् भन्ने आशंका पनि गरेका छन् । तर रियाको एक साथीले रियाको हवाला दिँदै आफूलाई केही फरक नपर्ने बताएकी छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : ०० बजे

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक