‘चेहरे’ पोस्टरमा किन अटाइनन् रिया ? « Khabarhub

‘चेहरे’ पोस्टरमा किन अटाइनन् रिया ?


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीको जीवन सदाका लागि बदलिएको छ । उनी सुशान्तको निधन अघि सामाजिक सञ्जालमा निकै सक्रिय थिइन् । अहिले भने उनी मिडियाको क्यामराबाट टाढिन सक्रिय छिन् ।

एक समय लागुऔषधको मुद्धामा फसेकी रिया आफ्नो पहिलाको जीवनमा आफूलाई ल्याउन प्रयासरत छिन् । यही माहौलमा उनी अभिनित फिल्म ‘चेहरे’ यसै वर्षको अप्रिल ३० मा रिलिज हुँदैछ ।

आजतकमा प्रकाशित समाचारअनुसार हालैमात्र फिल्मको पोस्टर सार्वजनिक भएको छ । तर पोस्टरमा रियालाई स्थान दिइएको छैन । सार्वजनिक पोस्टरमा अमिताभ बच्चन, इमरान हाशमी र अभिनेत्री क्रिस्टल डिसूजालाई मात्र स्थान दिइएको छ ।

फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेकी रियालाई नै पोस्टरमा नराखिएपछि बलिउडमा चर्चा शूरु भएको छ । अमिताभले इन्स्टाग्राममा तस्वीर पोस्ट गर्दै रियाबाहेक सबै स्टारलाई ट्याग गरेका थिए ।

सामाजिक सञ्जालमा कतिपयले अन्तिम अवस्थामा रियाको अनुहार पोस्टरबाट त हटाइएको हैन ? भन्दै प्रश्नसमेत गरेका छन् । कतिपयले रियाको स्थानमा क्रिस्टललाई त ल्याइएको होइन् भन्ने आशंका पनि गरेका छन् । तर रियाको एक साथीले रियाको हवाला दिँदै आफूलाई केही फरक नपर्ने बताएकी छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : ०० बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि