‘बीबीसी मास्टर सेफ’का उपविजेता सन्तोष साहलाई विमानस्थलमा स्वागत « Khabarhub

‘बीबीसी मास्टर सेफ’का उपविजेता सन्तोष साहलाई विमानस्थलमा स्वागत


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज-२०२०’का उपविजेता बनेका सन्तोष साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

उक्त प्रतियोगितामा फस्ट रनर अप भएका सेफ साह बेलायतबाट बिहीबार काठमाडौँ आइपुगेका हुन् । विमानस्थल परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेपालीका लागि विश्वको जुनसुकै ठाउँमा पनि मेहनत गर्न गाह्रो नहुने बताए ।

बीबीसी मास्टर सेफको उपविजेता हुनुमा उनले आफ्नो मेहनतकै फल भएको बताए । ‘मैले पाएको सफलताको पछि मेहनत नै हो’ उनले भने ।

सेफलाई विगतमा समाजले सम्मान दिन नसकेको परिप्रक्ष्यमा अब भने यो नामले परिचित हुँदा गर्व लाग्ने परिस्थिति बनेको उनको भनाइ थियो । कुकलाई छोरी चेली दिन हिच्किचाउँने समाजले सेफको इज्जत कति ठूलो रहेछ भनेर बुझ्ने अवस्था बनेको उल्लेख गर्दै ३५ वर्षीय अविवाहित साहले अब त आफूलाई छोरो चेली दिन्छन् होला भन्दै ठट्टा पनि गरे ।

उनले प्रतियोगिताभर नेपाली खानाको परिकार प्रस्तुत गरेर निर्णायकहरुलाई आकर्षित गर्न सफल भएका थिए । उनले बनाएको कोदोको खीर, नेपाली गुन्द्रुक, भट्टमासलगायतका खानेकुरा आकर्षण बनेका थिए ।

त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्थाले उनलाई पञ्चे बाजासहित स्वागत गरेका हुन् । दश वर्षदेखि बेलायतमा बस्दै आएका साह सिरहा जिल्लाको कारजन्हामा जन्मिएका हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ४ : ४२ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी