जोखिम भत्ता नपाएको भन्दै चिकित्सकद्वारा आन्दोलनको चेतावनी « Khabarhub

जोखिम भत्ता नपाएको भन्दै चिकित्सकद्वारा आन्दोलनको चेतावनी


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले कोरोना महामारीमा अग्रपंतिमा रहेर खटिदाको जोखिम भत्ता अविलम्ब उपलब्ध गराउन माग गरेका छन् ।

नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले विज्ञप्ति जारी गरी एक वर्षदेखिको कोभिड भत्ता तत्काल उपलब्ध गराउन अस्पताल प्रशासनसँग माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको विषम परिस्थितिमा समेत सेवा दिनका लागि अग्रपंक्तिमा खटिने आवासीय चिकित्सकहरुको उचित मूल्यांकलन गर्दै नियमानुसार कोभिड भत्ता अविलम्ब उपलब्ध गराउन जोडदार माग गर्दछौँ।’

काम गर्ने बेला अग्रपंतिमा खटाउने तर नियमानुसार प्राप्त गर्नुपर्ने जोखिम भत्ताको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि मौखिक आश्वासन मात्रै प्राप्त हुनुले यो विषयलाई गम्भीरताको साथ नलिएको भान आफूहरूलाई भएको आवासिय चिकित्सकहरुले बताएका छन् ।

आफूहरुको माग सुनुवाइ नभएमा कडा आन्दोलनमा उत्रन बाध्य हुने र यसको सबै जिम्मेवार‍ त्रिवि अस्पताल प्रशासन हुने पनि आवासीय चिकित्सकहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ७ : ०१ बजे

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी