‘बी’ डिभिजन लिग फुटबल : आरसीटीसँग हार्‍यो नयाँबस्ती युवा क्लब « Khabarhub

‘बी’ डिभिजन लिग फुटबल : आरसीटीसँग हार्‍यो नयाँबस्ती युवा क्लब


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसीटीले सहज जित निकालेको छ ।

बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित आरसीटीले नयाँबस्ती युवा क्लबलाई ४–२ गोल अन्तरले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको छैटौं मिनेटमा अजित गुरुङले पेनाल्टीमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए ।

खेलको १९ औं मिनेटमा गणेश हमालले गोल गर्दै नयाँबस्तीलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ५० औं मिनेटमा सचु गुरुङले गोल गर्दै नयाँबस्तीलाई २–१ को अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ६६ औं मिनेटमा सुरेन खवासले गोल गर्दै आरसीटीलाई २–२ को बराबरीमा ल्याए । ६८ औं मिनेटमा आशिष चापागाइँले रातो कार्ड पाएपछि आरसीटी १० खेलाडीमा समेटियो ।

खेलको ८३ औं मिनेटमा विश्व थापाले गोल गर्दै आरसीटीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा अजितले व्यक्तिगत दोस्रो गोल गर्दै आरसीटीलाई ४–२ को जित दिलाए । जितसँगै आरसीटीले ७ खेलमा ९ अंक जोडेको छ । नयाँबस्तीले ७ खेलमा ११ अंक जोडेको छ ।

यस्तै बिहीबार नै भएको अर्को खेलमा ब्वाइज युनियन क्लबले फराकिलो जित निकालेको छ । युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । ब्वाइज युनियनको जितमा विनोद राईले ह्याट्रिक गरे । टंक बहादुर स्याङतानको नाममा एक गोल रह्यो ।

ब्वाइज युनियनले ७ खेलमा ११ अंक जोडेको छ । झम्सिखेल ७ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १० : ०१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका