मापदण्ड विपरित सञ्चालित स‍रकारी कार्यालय परिसरका चमेना गृहलाई कारबाही (भिडियोसहित) « Khabarhub

मापदण्ड विपरित सञ्चालित स‍रकारी कार्यालय परिसरका चमेना गृहलाई कारबाही (भिडियोसहित)


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंका केहि सरकारी कार्यालय परिसरमा सञ्चालित चमेनागृह मापदण्ड बिपरित रहेको पाइएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालय परिसरमा सञ्चालित चमेनागृहको अनुगमन गर्दा मापदण्ड विपरित पाइएपछि कारवाही गरिएको हो ।

प्रशासन कार्यालयले बिहीबार आफ्नै कार्यालयको चमेना गृह, काठमाडौं जिल्ला अदालतको चमेना गृह, काठमाडौं जिल्ला अदालत बार एशोसियसन र नेपाल टेलिकमको चमेना गृहको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा काठमाडौं जिल्ला अदालत र काठमाडौं जिल्ला अदालत बार एशोसियसनको चमेना गृह मापदण्ड विपरित रहेको पाइएपछि उनीहरुलाई ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

हेरौँ भिडियो

त्यस्तै नेपाल टेलिकमको चमेना गृहलाई ५ हजार जरिवाना गरिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिष्णुराज बेलवासेले जानकारी दिए ।

केहि चमेना गृह दर्ता विना नै सञ्चालन भएको, खाद्यवस्तु गुणस्तर नभएको पाइएको उनले बताए । चमेना गृहका बारेमा मौखिक तथा लिखित उजुरी आएपछि अनुगमन गरिएको उनले बताए ।

अनुगमनमा खाद्य, वाणिज्य, घरेलु विभागका साथै सुरक्षा निकायको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ९ : ०७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट