चीनले आर्थिक नोक्सान पुर्‍याउने गतिविधि गरिरहेको चेकका मेयरको आरोप « Khabarhub

चीनले आर्थिक नोक्सान पुर्‍याउने गतिविधि गरिरहेको चेकका मेयरको आरोप


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राग– यूरोपेली मुलुक चेक गणतन्त्रमा चीनले आर्थिक नोक्सान पुर्‍याउन खोजेको राजधानी प्रागका मेयरले आरोप लगाएका छन् ।

आफूले ताइवान र तिब्बतका लागि ऐकेबद्धता देखाएका कारण चीनले चेक गणतन्त्रमा आर्थिक नोक्सान पुर्‍याउन लागिपरेको राजधानी प्रागका मेयर सेनेक रिबले टिप्पणी गरेका हुन् ।

गतवर्ष ताइवानको भ्रमण गरेको र तिब्बतका नेता लोब्साङ साङगेलाई चेज भ्रमणमा निमन्त्रणा दिएपछि चीन आफु विरुद्ध लागेको मेयर रिबले बताए। चीनले आर्थिक लगानीको सहमति अनुसार काम नगरेको भन्दै अविश्सनिय व्यापार साझेदार भएको पनि मेयर रिबले टिप्पणी गरे ।

गतवर्ष प्रागका मेयरले ठूलो प्रतिनीधिमण्डल सहित ताइवानको भ्रमण गरेपछि चेक गणतन्त्रमा उत्पादीत पियानोहरु किन्ने सहमति पनि चीनले खारेज गरेको थियो । चेक गणतन्त्रले ताइवान र तिब्बतसँग कुटनीतिक सम्बन्ध बिस्तार गरेका कारण चीन क्रुद्ध बनेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : ५२ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले