सङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना « Khabarhub

सङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ ।

भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

भारतीय बजारबाट बढी आवतजावत हुने ती स्थानमा पुनः हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । यसअघि गत वर्ष सोही स्थानहरूमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।

कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको सिरहामा सङ्क्रमण फैलिन नदिन सीमा नाकामा आवतजावत गर्नेहरूको नियमित स्वास्थ्य जाँचसँगै स्वास्थ्य सतर्कता अपनाउने विधिबारे सचेत बनाउन हेल्थ डेस्क राखिएको प्रमुख यादवले बताए ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सूचना जारी गरी कोरोना सङ्क्रमण कायमै रहेको र हाल नयाँ स्वरूपमा देखा पर्न थालेकाले होलीलगायतका पर्व भिडभाड नगरी घरमै मनाउन आग्रह गरेका छन् ।

कोरोना सङ्क्रमणका कारण सिरहामा १२ हजार ४५० जनाको स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ मा नेगेटिभ तथा एक हजार ६४८ जना पोजेटिभ आएको थियो । तीमध्ये २५ सङ्क्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ११ : ०२ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी