कोरोना कहर : जमुनाह नाकाबाट सीमावर्ती भारतीय शहर जान रोक | Khabarhub Khabarhub

कोरोना कहर : जमुनाह नाकाबाट सीमावर्ती भारतीय शहर जान रोक


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा – जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ ।

भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

उनका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतीय सीमाबजार रुपैडियामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो । बैठकले स्वास्थ्य जाँच गरेर मात्र नेपाल भित्रिन दिने र कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने गराउने निर्णयसमेत गरेको छ ।

लक्षण देखिएका बिरामीको एन्टिजीन परीक्षण गरी सामान्य अवस्थाका यात्रुलाई १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने र सिकिस्त बिरामीलाई सिधै भेरी अस्पतालमा पठाउने निर्णय भएको प्रजिअ कुरुम्बाङले बताए । अनावश्यकरूपमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सभा, सम्मेलन, गोष्ठी र सेमिनार गर्न पनि डिसिसिएमसीले आग्रह गरेको कोभिड जिल्ला स्रोतव्यक्ति तेज ओलीले जानकारी दिए ।

उनका अनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठवटै स्थानीय तहलाई क्वारेन्टिन निर्माणलगायतका आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ ।

भारतबाट आएका नागरिकलाई जमुनाह नाकामा स्थापना गरिएको स्वास्थ्य जाँचकक्षमा जाँच गरी १० दिन क्वारेन्टिनमा राख्नुपर्ने र भेरी अस्पताललगायतका स्वास्थ्य संस्थामा रहेका आइसोलेशनलाई प्रभावकारी बनाउने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

भारतबाट नेपाल फर्किने सर्वसाधारणको स्वास्थ्य जाँचको लागि नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकामा सुविधासम्पन्न स्वास्थ्यकक्ष स्थापना गरेको छ । जमुनाह नाकामा स्वाब लिएको १५ मिनेटमा कोरोनाको रिपोर्ट निकाल्ने प्रविधिसहितको स्वास्थ्यकक्ष सञ्चालनमा आएको छ ।

बुधबार पहिलो दिन मुम्बई, दिल्ली, महाराष्ट्रलगायतका शहरबाट आएका १० नेपालीको कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  २ : ४४ बजे

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन

एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनको

धारा सुकेपछि दमकलबाट पानी वितरण गर्दै चन्द्रपुर नगरपालिका

रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा असारको महिनामा पनि खानेपानीको