कृषि क्षेत्रको नयाँ प्रगति जनतासामु ल्याएका छौँ – प्रधानमन्त्री | Khabarhub Khabarhub

कृषि क्षेत्रको नयाँ प्रगति जनतासामु ल्याएका छौँ – प्रधानमन्त्री

गलत आदतले अर्बौ बाहिरियो


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको नयाँ प्रगति जनतासामु ल्याएको दावी गरेका छन् ।

पशुजन्य पदार्थमा आत्मनिर्भर भएको घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको बताएका हुन् । उनले कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीति अनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको दाबी गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देश एक कदम अघि बढेको छ । सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई बधाई छ, यो राष्ट्रिय सफलता हो ।’

कृषि क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न उत्पादन विविधता र बजारीकरण सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले ओलीले बताए । नेपालीको सौखिन खाने शैलीले गर्दा प्रशस्त उत्पादन हुँदा पनि कृषिजन्य आयात नघटेको उनको भनाइ छ ।

गलत आदतले अर्बौँ बाहिरियो

प्रधानमन्त्री ओलीले खानपानको गलत आदतले गर्दा अर्बौँ रकम देशबाट बाहिरिने गरेको बताएका छन् । देशको उत्पादनले पुग्ने भए पनि गलत बानीले गर्दा नेपालबाट अर्बौँ रुपैयाँ बाहिरिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले भने, ‘चामल मात्रै ३५ अर्ब, ४० अर्बको किन्छौँ, नेपालजस्तो देशले । कृषिप्रधान देशले के प्रधान भयो, आयात प्रधान ? किनेर खाने प्रधान ? कुनै गौरवको कुरा होइन ।’

उनले अब आयातप्रधान होइन, निर्यातप्रधान मुलुक बनाउनुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले आधुनिक कृषि प्रणालीमा लैजानुपर्ने पनि बताए ।

अब देशमै केही गरौँ

प्रधानमन्त्री ओलीले अब नेपाली युवाहरु विदेशमा पनि काम पाउने अवस्था नरहने बताएका छन्। ओलीले हाम्रो देशको शिक्षा र सीपले अब केही वर्षमा विदेशमा पनि काम पाउने अवस्था नरहेको बताएका हुन्।

उनले भने, ‘हाम्रो शिक्षा र सीपका हिसाबले हामी जुन अवस्थामा छौं त्यसले अब वैदेशिक रोजगारमा पनि बिक्ने स्थिति छैन । कतार, साउदी, युएई सबै बनिसके, केही समयपछि हामीले केयर गिभरमा बाहेक बिक्ने अवस्था हुँदैन । त्यसैले जे गर्ने हो यहीँ गरौं।’

वैदेशिक रोजगार सामाजिक जीवनको अंग बनिसकेको भन्दै प्रधानमन्त्री ओलीले थपे, ‘अलिअलि रेमिट्यान्स आएको छ बेग्लै कुरा हो तर यसले समाजलाई बिगार्नुसम्म बिगारेको छ।’ अब स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, उत्पादनको क्षेत्र र उत्पादकत्व बढाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

देश हरेक दिन एक कदम अगाडि बढिरहेको भन्दै समृद्धिको बाटोमा अघि बढेको दाबी गरे।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ३ : २१ बजे

नेपाल–भारत समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश

तनहुँ– तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना हुने भएको छ ।

भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट

संस्कृति संरक्षाणका लागि मादल बजाउने तालिम

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ