कृषि क्षेत्रको नयाँ प्रगति जनतासामु ल्याएका छौँ – प्रधानमन्त्री « Khabarhub

कृषि क्षेत्रको नयाँ प्रगति जनतासामु ल्याएका छौँ – प्रधानमन्त्री

गलत आदतले अर्बौ बाहिरियो


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको नयाँ प्रगति जनतासामु ल्याएको दावी गरेका छन् ।

पशुजन्य पदार्थमा आत्मनिर्भर भएको घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको बताएका हुन् । उनले कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीति अनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको दाबी गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देश एक कदम अघि बढेको छ । सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई बधाई छ, यो राष्ट्रिय सफलता हो ।’

कृषि क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न उत्पादन विविधता र बजारीकरण सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले ओलीले बताए । नेपालीको सौखिन खाने शैलीले गर्दा प्रशस्त उत्पादन हुँदा पनि कृषिजन्य आयात नघटेको उनको भनाइ छ ।

गलत आदतले अर्बौँ बाहिरियो

प्रधानमन्त्री ओलीले खानपानको गलत आदतले गर्दा अर्बौँ रकम देशबाट बाहिरिने गरेको बताएका छन् । देशको उत्पादनले पुग्ने भए पनि गलत बानीले गर्दा नेपालबाट अर्बौँ रुपैयाँ बाहिरिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले भने, ‘चामल मात्रै ३५ अर्ब, ४० अर्बको किन्छौँ, नेपालजस्तो देशले । कृषिप्रधान देशले के प्रधान भयो, आयात प्रधान ? किनेर खाने प्रधान ? कुनै गौरवको कुरा होइन ।’

उनले अब आयातप्रधान होइन, निर्यातप्रधान मुलुक बनाउनुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले आधुनिक कृषि प्रणालीमा लैजानुपर्ने पनि बताए ।

अब देशमै केही गरौँ

प्रधानमन्त्री ओलीले अब नेपाली युवाहरु विदेशमा पनि काम पाउने अवस्था नरहने बताएका छन्। ओलीले हाम्रो देशको शिक्षा र सीपले अब केही वर्षमा विदेशमा पनि काम पाउने अवस्था नरहेको बताएका हुन्।

उनले भने, ‘हाम्रो शिक्षा र सीपका हिसाबले हामी जुन अवस्थामा छौं त्यसले अब वैदेशिक रोजगारमा पनि बिक्ने स्थिति छैन । कतार, साउदी, युएई सबै बनिसके, केही समयपछि हामीले केयर गिभरमा बाहेक बिक्ने अवस्था हुँदैन । त्यसैले जे गर्ने हो यहीँ गरौं।’

वैदेशिक रोजगार सामाजिक जीवनको अंग बनिसकेको भन्दै प्रधानमन्त्री ओलीले थपे, ‘अलिअलि रेमिट्यान्स आएको छ बेग्लै कुरा हो तर यसले समाजलाई बिगार्नुसम्म बिगारेको छ।’ अब स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, उत्पादनको क्षेत्र र उत्पादकत्व बढाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

देश हरेक दिन एक कदम अगाडि बढिरहेको भन्दै समृद्धिको बाटोमा अघि बढेको दाबी गरे।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ३ : २१ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग