गाडिएको अवस्थामा भेटियो झा दम्पतीको शव « Khabarhub

गाडिएको अवस्थामा भेटियो झा दम्पतीको शव

एक महिनादेखि बेपत्ता थिए दम्पती


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – एक महिनादेखि बेपत्ता महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा बिहीबार फेला परेको छ ।

पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते रातिदेखि ओछ्यानसहित बेपत्ता भएका थिए ।

पिपरा–२ स्थित अत्तरा जाने बाटो छेउमा खाल्डोमा गाडिएको अवस्थामा झा दम्पतीको शव फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

‘ठूलै खाल्डो खनेर शव पुरेको रहेछ’ उनले भने, ‘झा दम्पतीको घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा शव फेला परेको हो ।’

होलीका लागि घर पोत्न माटो लिन एका स्थानीयबासीले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् । गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिए ।

६५ वर्षीय मोसाफिर र उनकी पत्नी ६० वर्षीया गीतादेवी घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका थिए ।

दम्पतीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनका छोराहरु २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध चैत ५ गते झाको परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो ।

पक्राउ परेकामध्ये रामबाबु यादवको घरको विभिन्न स्थानमा फेला परेको रगतको छिटा मानव रगत नै भएको परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ३ : ३८ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित