देशभर १ सय २० जना कोरोना संक्रमित थपिए « Khabarhub

देशभर १ सय २० जना कोरोना संक्रमित थपिए


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर आज १ सय २० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९१ जनामा गरिएको पिसिआर परीक्षणमा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा ८५ जना कोरोना संक्रमणबाट निको भएका छन् भने पछिल्लो २४ घन्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

नेपालमा आजसम्म कोरोना संक्रमितको कुल संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ । यस्तै, दुई लाख ७२ हजार २७२ जना निको भएका छन् ।

हाल देशभर ५५ जना क्वारेन्टाइनमा छन् भने १ हजार २ सय १७ जना संक्रिय संक्रमित उपचारमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ५ : १५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले