देशभर १ सय २० जना कोरोना संक्रमित थपिए « Khabarhub

देशभर १ सय २० जना कोरोना संक्रमित थपिए


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर आज १ सय २० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९१ जनामा गरिएको पिसिआर परीक्षणमा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा ८५ जना कोरोना संक्रमणबाट निको भएका छन् भने पछिल्लो २४ घन्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

नेपालमा आजसम्म कोरोना संक्रमितको कुल संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ । यस्तै, दुई लाख ७२ हजार २७२ जना निको भएका छन् ।

हाल देशभर ५५ जना क्वारेन्टाइनमा छन् भने १ हजार २ सय १७ जना संक्रिय संक्रमित उपचारमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ५ : १५ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग