चुम उपत्यकालाई अहिंसा क्षेत्र कायम राख्न माग « Khabarhub

चुम उपत्यकालाई अहिंसा क्षेत्र कायम राख्न माग


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – उत्तरी गोरखाको चुम उपत्यकाका स्थानीयवासीले छेकम्पार र सामागाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दा अहिंसा क्षेत्र कायम राख्ने प्रतिबद्धता गर्न माग गरेका छन् ।

चुम श्याग्गा संरक्षण समिति छेकम्पारले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै त्यहाँका बासिन्दाले बिओपी स्थापना गर्दा चुम उपत्यकाको अहिंसा क्षेत्रलाई चिरकाल कायम राख्न माग गरेका छन् । ज्ञापन पत्र बुझाउदै समितिका संरक्षक निमा लामाले चुम उपत्यकाको संस्कृति परम्पराअनुसार त्यहाँ जीवजन्तुको हिसां गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलको बिओपी स्थापना गर्दा कुनै पनि खालको हिंसा गर्न नपाइने प्रतिबद्धता गर्नुपर्ने बताए ।

उनले भने, “सुरक्षाको प्रबन्ध गर्ने कुरा सकारात्मक कुरा हो, आवश्यक पनि छ तर त्यस क्षेत्रको परम्परा संस्कृतिमा खलल पुग्न दिनुहुँदैन ।” ज्ञापनपत्रमा स्थानीयवासीले चुम उपत्यका क्षेत्र जैविक विविधता खुला सङ्ग्राहालय राष्ट्रको गहना भएकाले अहिंसा संस्कृति एवं संस्कारको दिगो संरक्षण तथा संवर्द्धनका लागि सुरक्षा क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई चुम उपत्यकाको अहिंसासम्बन्धी छ बुँदे प्रतिबद्धता पालना गराउने व्यवस्था गर्न माग गरेका छन् ।

सो प्रतिबद्धतामा चुम उपत्यकामा कुनै पनि जीव जनावर काटमार गर्न नपाइने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, मासु प्रयोजनका लागि अहिंसा क्षेत्रमा जीवजन्तु प्रवेश नगराउने, पशुबध पूर्ण रुपमा निषेध गर्नेलगायत रहेका छन् । त्यस्तै चुम उपत्यकाबाट मासु प्रयोजनका लागि पशुपक्षी निर्यात गर्न नपाइने त्यहाँको प्रचलन रहेको संरक्षक लामाले जानकारी दिए ।

चुम क्षेत्रमा रहेका स्थानीय प्रमुख लामा तथा तत्कालीन तालुकदार एवं स्थानीयवासीले चुम उपत्यकालाई विसं १९७७ मा महागुरु करुणा अबतारी पुज्य लामा सेराप दोर्जेको रहोबरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो । विसं २०२७ मा सम्भोटा लिपीमा लेखिएको अहिंसासम्बन्धी प्रतिबद्धता दस्तावेजलाई विसं २०२९ मा देवनागरी लिपीमा लेखेर त्यस क्षेत्रमा रहेका सबै चुमबासीले पुज्इ अवतारी गुरु ङावाङ् खेन्राप समक्ष पुनः सपथ गरी अहिंसा क्षेत्रलाई कायम राख्ने प्रतिबद्धता गरिएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ३० बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल