सामूहिक बलात्कार घटनाका फरार एक अभियुक्त पक्राउ | Khabarhub Khabarhub

सामूहिक बलात्कार घटनाका फरार एक अभियुक्त पक्राउ


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपितमध्ये आज एक अभियुक्त पक्राउ परेका छन् ।

सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फैसला कार्यान्वयनलाई अभियानका रुपमा लिएको प्रहरीले खोजतलाश गर्ने क्रममा आज घरबाटै मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

जिल्लामा पहिलो पटक बुवा, छोरा र ज्वाइँसमेत संलग्न सामूहिक बलात्कारको घटना भएको १३ वर्षपछि आरोपितमध्येका श्यामा पक्राउ परेका हुन् ।

घटना २०६४ असोज ९ गते दिउँसो तिलाठी कोइलाडी–५ को. बर्साइनस्थित घना काँसघारीमा भएको हो । आरोपित सोही ठाउँका विकु मुखिया, उनका छोरा डोमा भनिने डोमी र श्यामा मुखिया तथा ज्वाइँ तिलाठी कोइलाडी–३ का लोकेन्द्र भनिने जोगेन्द्र मुखियालाई जनही १३ वर्ष कैद सजायको फैसला भएको छ ।

गाउँका आठदेखि १२ वर्षका छ बालबालिका भैसी चराउन कोशी टप्पु कटैया पलार गएका बेला घटना भएको पीडितकी आमाले बताइन् । पीडितकी आमाका अनुसार आरोपितले अन्य बालकलाई हतियार देखाई कुटपिट गरेपछि डोरीले बाँधेका थिए । होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै काँसघारीमा लगेर आरोपितले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०६४ असोज १० गते उजुरी दिएकी थिइन् ।

जिल्ला अदालतमा अभियोग पत्र दायर भएकामा तत्कालीन जिल्ला न्यायाधिश श्रीप्रसाद सञ्जेलको इजलाशले २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको अभियोगमा आरोपित चारै जनालाई जनही १३ वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीले जानकारी दिए ।

पीडित पक्षले उच्च अदालत जनकपुर राजविराज इजलाशमा दिएको पुनरावेदनपछि न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र दीपेन्द्र अधिकारीको इजलाशले जनही १३ वर्ष कैदसँगै क्षतिपूर्तिवापत जनही रु २० हजारका दरले भराई पाउने ठहर गरेको थियो ।

आरोपितमध्ये श्यामका दाजु डोमा भनिने डोमीको मृत्यु भएकाले सजाय माफी भएको र अन्य फरार रहेको जिल्ला अदालतका तहसिलदार सुबेदीले बताए । अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ७ : २५ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी