कोरोना महामारीबाट बच्न पूर्व तयारी गर्ने निर्णय « Khabarhub

कोरोना महामारीबाट बच्न पूर्व तयारी गर्ने निर्णय


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेश २ मा पुनः कोरोनाको संक्रमण देखिएकाले सुरक्षा सतर्कता अपनाउन निर्णय गरिएको छ । बिहीबार प्रदेश सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको अध्यक्षतामा बसेको बैठकले होली पर्व संयमपूर्वक भीडभाड नगरी आ–आफ्नो घरमै मनाउनका लागि सबै जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै, सिरहा जिल्लाको मालपोत कार्यालयमा भएको बम विस्फोटको आंकलन गर्दै प्रदेश भरिको कार्यालयहरूमा थप सुरक्षा सावधानी अपनाउने र कोरोनाका महामारी फैलिन नदिन क्वारेन्टाइन तथा आईसोलेसन तयारी अवस्थामा राख्ने निर्णय भएको मन्त्री यादवले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले नेपाल भारत सीमा क्षेत्रमा हुने निकासी पैठारी अनुगमनका लागिसमेत संसदीय उपसमिति गठन गरिएको छ । प्रदेशसभा सदस्य अशोककुमार यादवको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको उनले बताए ।

उपसमितिमा प्रदेशसभा सदस्यहरू रामसरोज यादव, जगतारण देवी, रमेशकुमार पटेल, रीना यादव र सावित्रीदेवी साह सदस्य छन् । नेपाल–भारत सीमाक्षेत्रमा सरसामान निकासी तथा पैठारीको क्रममा सर्वसाधारण जनता तथा व्यापारीले खेप्नु परेको समस्या बुझेर सामाधानको उपाय निकाल्न समितिले अनुगमन गर्ने छ । चैत १३ गतेदेखि पर्साबाट अनुगमन थाल्ने समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ०२ बजे

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण, डिजिटल शिक्षामा नयाँ पहल

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण