पाकिस्तानी प्रधानमन्त्री खानलाई नेपाल डेमोक्रेट युनियनको पत्र | Khabarhub Khabarhub

पाकिस्तानी प्रधानमन्त्री खानलाई नेपाल डेमोक्रेट युनियनको पत्र


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल डेमोक्रेट युनियनले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र लेखेको छ ।

नेपालका लागि पाकिस्तानी राजदूतमार्फत युनियनले पाकिस्तानी प्रधानमन्त्रीलाई पत्र लेखेका छन् ।

उक्त पत्रमा धार्मिक अल्पसंख्यकको हित सुरक्षा–संरक्षण बारे मेमोरेण्डम प्रस्तुत गरिएको छ । जसमा पाकिस्तानमा हिन्द सन्त श्रीपरमहंसजी महाराजको ऐतिहासिक मकबरालाई सरकार समर्थित आततायी मुसलमानहरुले ध्वस्त पारेको कुरामा युनियनले निन्दा गरेको छ ।

यस्तो छ नेपाल डेमोक्रेट युनियनले पाकिस्तानी प्रधानमन्त्रीलाई लेखेको पत्र

प्रधानमन्त्रीज्यू,
इस्लामिक रिपब्लिक अफ पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा रहेको हिन्द सन्त श्रीपरमहंसजी महाराजको ऐतिहासिक मकबरालाई सरकार समर्थित आततायी मुसलमानहरुले ध्वस्त पारेका छन् ।

नेपाल डेमोक्रेट युनियन यस घटनाको निन्दा र कडा विरोध गर्दछ । यस प्रकारका घटनाले पाकिस्तान बाहिरका इस्लाम धर्मावलम्वीहरु पनि सुरक्षित रहन सक्ने स्थिति रहँदैन । हिन्दु मन्दिरहरूको तोडफोडका साथै बौद्ध, इसाई, अह दिया धर्मावलम्बीहरू माथि दोस्रो दर्जाको व्यवहार/दमन अल्पसङ्ख्यक नाबालिगहरूलाई जबरजस्ती इस्लाम धर्मावलम्बी बनाई विवाह गर्ने कार्यलाई प्रोत्साहित गरेर पाकिस्तानी इस्लामिक सरकारले आफ्नो मानवता विरोधी रूप उदाङ्ग पारको छ ।

नेपाल डेमोक्रेट युनियन पाकिस्तानी सरकारको आतङ्कवादी रवैयाको घोर भर्त्सना गर्दै यस्ता कार्य तत्काल रोक्न चेतावनी दिन चाहन्छ ।

यसै गरी पाकिस्तान सरकारको आतङ्कवादी एजेन्सी आईएसआईद्वारा हालै बलुचिस्तानकी लोकप्रिय प्रजातान्त्रिक नेत्री करिमा बलोचको क्यानाडामा गरिएको कायरतापूर्ण हत्याप्रति गहिरो क्षोभ व्यक्त गर्दछ । सरकारी आतङ्कवादका विरुद्ध प्रजातान्त्रिक अधिकारका पक्षमा करिना बलोचको हत्यालाई अस्वीकार गरिनुपर्दछ । प्रजातन्त्रमा विश्वास गर्ने विश्वसमुदाय विरुद्ध पाकिस्तानी सरकारी आतङ्कवादको बर्बरतापूर्ण आक्रमणको शृङ्खलाको यो एउटा कडी हुनुपर्दछ ।

स्विडेनमा पनि गरिएको यस्तै प्रकारको हत्याको निन्दा र विरोध गर्दछ । त्यसै गरी फ्रान्समा मच्चाइएको आतङ्कवादी ताण्डवले इस्लामिक आतङ्कवादी र पाकिस्तानी सरकारको अनुहार उदाङ्गो पारेको छ ।

प्रजातन्त्र, मानवअधिकार एवं अभिव्यक्ति स्वतन्त्रता एवं धार्मिक स्वतन्त्रता विरोधी मुस्लिम आतङ्कवादले धार्मिक अल्पसङ्ख्यक विरुद्ध हात मिलाउन थालेको प्रति प्रजातान्त्रिक विश्व समुदाय कठोर बन्नुपर्ने वेला आएको छ । इस्लामिक आतंकवादलाई बल पुर्‍याउन कम्युनिस्ट चीनले पाकिस्तानलाई हातहतियार देखि थुप्रै कुरामा सहयोग गर्दै आइरहेको छ । नेपाल डेमोव्रmेट युनियन यसको तीव्र भर्त्सना गर्दछ ।

गिलगित बाल्टिस्तान क्षेत्रमा पच्चीस सय वर्षअघिका हजारौं वौध्द शिलालेख तथा कलाकृतिले सम्पन्न सिँगो गाँउ नै डुबाउने गरी दियामर भाशा बाँध बनाउनु इस्लामिक कम्युनिष्ट सहकार्य भएको स्पष्टै छ । विश्व बौद्ध समुदाय यस कार्यको निन्दा गर्दछ र यसलाई तत्काल रोक्न चेतावनी दिन चाहन्छ ।

आतंकवादलाई बलियो बनाएर प्रजातान्त्रिक विश्वलाई क्षति पुर्‍याउने अन्तिम लक्ष्यका साथ मुस्लिम–कम्युनिष्टबीच भएको यसप्रकारको हातेमालो विश्वका निम्ति ठूलो चुनौती बन्दै गएको छ । आतंकवादको कुनै राष्ट्र वा धर्म हुदैन भन्ने बुझेको विश्वले यो गठबन्धनलाई कदापि सहन नगर्ने तथ्य नेपाल डेमोक्रेट युनियन तपाईंलाई स्मरण गराउन चाहन्छ ।

कम्युनिस्ट चीनले १० लाखभन्दा बढी विगर मुस्लिमहरूलाई एक प्रकारको कैदमा राखेर भीषण दमन गरिरहेको अवस्थामा त्यसलाई अनदेखा गरेर इस्लामिक रिपब्लिक अफ पाकिस्तानले कम्युनिस्ट चीनसँग सहकार्य गर्नुको सन्देश विश्व इस्लामिक समुदायले राम्ररी बुझेको छ ।

धर्म–संस्कृति विरोधी कम्युनिस्ट चीनले पाकिस्तानी इस्लामिक आतङ्कवादी सरकारलाई सहयोग गर्नु चीन–पाकिस्तान आतङ्कवादी को–अपरेसन प्रोजेक्ट अन्तर्गत नै हो । यसबाट मानव सभ्यताले भोग्नुपर्ने खतरा र चुनौतीलाई ध्यानमा राख्दै प्रजातन्त्र–मानवअधिकार प्रेमी विश्व समुदायले इस्लामिक–कम्युनिस्ट आतङ्कवादी गठबन्धनलाई समाप्त पार्न जुनसुकै कदम चाल्ने समय नजिकिँदै गएको छ ।

यस तथ्यलाई दृष्टिगत गरी इस्लामिक तथा कम्युनिस्ट आतंकवादलाई विश्वबाट निर्मूल पार्न पाकिस्तान सरकारले ढिला नगरोस् । अन्यथा यसबाट पुग्ने क्षतिको जिम्मेवार उ स्वयं हुनेछ ।

पाकिस्तान सरकार र चीनबाट संरक्षित मुस्लिम आतङ्कवादबाट पाकिस्तान भित्र वा बाहिर जुनसुकै स्थानमा धार्मिक अल्पसङ्ख्यक विरुद्ध कुनै पनि गतिविधि भएमा त्यसको परिणाम पाकिस्तानका लागि एकदमै नराम्रो हुनेछ ।

कुनै पनि किसिमको आतंकवादलाई विश्व समुदायले सहन नगर्ने र त्यसका विरुद्ध जुनसुकै कदम चाल्न पछि नहट्ने तथ्य तपाईँले पनि प्रत्यक्ष देखी भोगी आउनु भएकै होला । तसर्थ यस मेमोरेन्डमलाई गम्भीरतासाथ लिई धार्मिक आतङ्कवाद, अझ विशेष गरी हिन्दु–वौध्द्ध समुदाय विरुद्ध कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष गतिविधि गर्ने तर्फ अब आइन्दा सोच्न पनि बन्द गर्न नेपाल डेमोक्रेट युनियन तपाईँलाई गम्भीर चेतावनी दिन चाहन्छ ।

अन्यथा पाकिस्तानले आर्थिक, राजनीतिक र कूटनीतिक तहमा समेत अकल्पनीय परिणाम भोग्नुपर्नेछ ।

भव तु सब्ब मंगलम्
भवदीय,
सिद्धार्थ गौतम
संयोजक
नेपाल डेमोक्रेट युनियन

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १ : २६ बजे

‘अहिलेको समयलाई कोर्स करेक्सनको रूपमा सदुपयोग गर्नुपर्छ’

काठमाडौं– अर्थतन्त्रका जानकारहरूले ‘जेनजी पुस्ता’को प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा

जेन-जीको आन्दोलनमा निधन भएको शव महानगरले घरसम्म पुराइदिने

काठमाडौं– जेन-जीको आन्दोलनमा निधन भएको शवलाई काठमाडौं महानगरपालिकाले घरसम्म पुर्‍याउन

रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू

ललितपुर- गत मंगलबार भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासले यथाशीघ्र सम्पर्कमा

राजनीतिमा ‘पोलिटिक्स’ बुझ्न नचाहेकाे पुस्ताको प्रवेश

जेनजी अर्थात् नयाँ पुस्ता । सन् १९९० को दशकको अन्त्यतिर

जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शवको त्रिवि