प्रदेश २ मा २५ जना बढी भेला हुन नपाउने, बजार ६ घण्टामात्र खुल्ने « Khabarhub

प्रदेश २ मा २५ जना बढी भेला हुन नपाउने, बजार ६ घण्टामात्र खुल्ने


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन सर्वदलिय संयन्त्र गठन भएको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा सात सदस्यीय सर्वदलीय संयन्त्र गठन गरिएको हो ।

संयन्त्रमा नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह, जसपाका सचेतक परमेश्वर साह र प्रदेशसभा सदस्य राम आशिष यादव सदस्य छन् ।

सर्वदलीय बैठकमा मुख्यमन्त्री राउतले कोरोना महामारीविरुद्ध सरकारले हालसम्म चालेको कदमबारे जानकारी गराएका थिए । उनले सरकारको कदममा थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेर अघि बढ्नु उत्तम विकल्प रहेको बताए ।

बैठकले कोरोना नियन्त्रण गर्न संघीय सरकारले लागू गरेका निर्णयलाई प्रदेश सरकारले आत्मसात गर्ने जानकारी दिए । सरकारले लाग गरेको निर्णय कडाईका साथ लागू गर्न/गराउन उनले सरोकारवाल निकायलाई निर्देशनसमेत दिएका छन् ।

सरकारले जन्ती, सभा, सम्मेलन, भेला जस्ता कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाईने निर्णय गरेको छ । त्यस्तै सांस्कृतिक कार्यक्रम गर्न रोक्ने, सिनेमा हल बन्द गर्ने, चाडपर्वमा धेरै मानिसहरु जम्मा हुन नपाउने निर्णय समेत भएको गरेको बुझिएको छ ।

प्रदेश सरकारले पनि सोही निर्णयलाई स्थानीय तह र प्रशासनको सहयोगमा कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।

बजार ६ घण्टामात्र खुल्ने

जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको बजार दैनिक ६ घण्टा मात्रै खोल्ने निर्णय गरेको छ । बिहान ७ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीडभाडका कारण जोखिम उच्च हुन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई फरक फरक दिनमा सेवा दिने गरेका छन् ।

कार्यालयले नियमित काम गर्ने तालिकासमेत सार्वजनिक गरेको हो । तालिकामा एक दिनमा दुईवटा पालिकाको सेवाग्राहीले मात्र सेवा लिन पाउने प्रावधान राखिएको छ ।

अधिकृतलाई दोस्रो पटक कोरोना
प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झालाई दोस्रो पटक कोरोना संक्रमण भएको छ । वैशाख ५ गते कोरोना पुष्टि भएपछि होमआइसोलेशनमा बसेका झालाई शुक्रबार अचानक स्वास्थ्यमा खराबी आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई ललितपुरस्थित पाटन अस्पतालमा भर्ना गरिएको छ । उनलाई जनकपुरमा उपचार सम्भव नभएपछि पाटन अस्पताल लगिएको परिवारका एक सदस्यले जानकारी दिए ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक समेत रहेका झाले प्रदेश २ मा एकवर्षदेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवं संक्रमितको तथ्यांक संकलनलगायत महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : ५२ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया