म्यानमारमा ‘सैन्य कू’लाई चीनले सहयोग गरेको आरोप « Khabarhub

म्यानमारमा ‘सैन्य कू’लाई चीनले सहयोग गरेको आरोप


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तराष्ट्रिय समुदायले निन्दा गरिरहेको ‘म्यानमार सैन्य कू’ लाई चीनले सहयोग गरेको आरोप लागेको छ ।

म्यानमारमा गत फेब्रुअरि १ मा नेतृ आङ सान सुकीलाई नियन्त्रणमा लिएर सेनाले कू गरेपछि विभिन्न आशंका तथा विश्लेषण भईरहेका छन् ।

म्यानमारमा सैन्य कूलाई चीनले सहयोग गरेको भन्दै लोकतन्त्रवादी समर्थकहरुले चीनको आलोचना गरिरहेका छन् ।

यसैबीच, म्यानमारमा चिनियाँ सेनाहरु अज्ञात रुपमा आईरहेको पनि आशंका गरिएको छ । चीनबाट पहिचान नखुलेको विमानमार्फत म्यानमारमा अज्ञात सामग्री पुर्‍याइएको अष्ट्रेलियन प्रबुद्ध समूह एएस्पीआईले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

चीनले म्यानमार सेनालाई सहयोग गरिरहेको र बिरोधीहरुलाई सामाजिक सञ्जालमा संगठित हुन नदिन कदम चालिरहेको भन्दै म्यानमारका विभिन्न सामाजिक सञ्जालमा पोष्टहरु सार्वजनिक भईरहेका छन् ।

नोभेम्बर ८ मा भएको निर्वाचनमा धाँधली गरेको भन्दै म्यानमारमा सेनाले नेतृ आङ सान सुकीलगायत विभिन्न नेताहरुलाई नियन्त्रणमा लिई सैन्य कू लागु गरेको छ । स्रोत : जी फाईभ

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ०६ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र