विद्यार्थीको मृत्यु भएपछि तिलोत्तमाका शैक्षिक संस्था बन्द | Khabarhub Khabarhub

विद्यार्थीको मृत्यु भएपछि तिलोत्तमाका शैक्षिक संस्था बन्द


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुपेन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका प्यारामाउन्ट स्कुलमा अध्ययनरत छात्राको मृत्यु भएको छ ।

ज्वरो, रुघाखोजी लागेर बिरामी भएकी उनको उपचारका क्रममा मृत्यु भएपछि नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै शैक्षिक संस्था बन्द गर्न आग्रह गरेको छ ।

उनको स्वाव परीक्षणका लागि पठाए पनि कोरोना संक्रमण भए नभएको भने पुष्टि भएको छैन ।

कक्षा १० मा अध्ययनरत उनी प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बस्दै आएकी थिइन ।

छात्रालाई शुक्रबारदेखि ज्वोरो, रुघाखोकी लागेको विद्यालयले जानकारी गराएको नगरपालिकाको शिक्षा विभागका प्रमुख गंगाराम आचार्यले बताए । उनले घटनाका बारेमा बु्झ्दै गरेको र सबै शैक्षिक संस्था बन्द गर्न भनिएको बताएका छन् ।

बिरामी भएकी उनलाई शनिबार आफन्तले नजिकैको अस्पताल लगेका थिए। अस्पताल पुर्याइएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बालबालिका तथा युवा अवस्थाका व्यक्ति बढी जोखिममा परेको भन्दै आइतबार बसेको नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) को बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आजकै मितिदेखि लागु हुनेगरी नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु र परीक्षा अर्को निर्णय नहुँदासम्म लागि बन्द गर्ने निर्णय भएको आचार्यले बताए ।

नगरपालिकाले विद्यालयसँगै हाटबजार पनि अर्का सूचना नआएसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ ।

मठमन्दिर गुम्बा लगायत धार्मिक स्थलहरुमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने र वित्तिय संस्था, सहकारी, पसल र होटल व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्यका आवश्यक मापदण्डलाई पूर्ण रुपमा पालना गर्न नगरपालिकाले आग्रह गरेको छ ।

त्यस्तै विवाह, व्रतवन्ध जस्ता क्रियाकलाप गर्दा आवश्यक भौतिक दुरी र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्नुपर्ने नगरपालिकाको भनाइ छ ।

No description available.

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : ४३ बजे

फागुन १ बन्यो प्राइम डेट : चार फिल्मको रिलिज-डेट सेट

काठमाडौं – फागुन १ गते प्रदर्शन मिति तोक्ने फिल्मको सङ्ख्या

कांग्रेस नेताहरूलाई देउवाको जवाफ- छोड् भन्दैमा छोड्ने मान्छे होइन म, अप्ठ्यारो छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औँ महाधिवेशनको

रेलको ठक्करबाट एक जनाको मृत्यु

महेन्द्रनगर– जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा

प्रतिनिधिसभामा ऐन संशोधन गर्न बनेको विधेयक टेबुल

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

विश्वप्रकाशले भने- देउवालाई थप सहयोग गरेर कांग्रेसलाई व्यवस्थित बनाऊँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वलाई