सरकार गठन हुने अंकगणित तयार नभएसम्म कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगर्ने « Khabarhub

सरकार गठन हुने अंकगणित तयार नभएसम्म कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगर्ने


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ सरकार गठन हुने अंकगणित तयार नभएसम्म अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताएको छ ।

आज बसेको पदाधिकारी बैठकपछि उपसभापति विमलेन्द्र नीधिले अविश्वासको प्रस्ताव पारि हुन नसके एक वर्षसम्म अर्को प्रस्ताव दर्ता गर्न नपाईने संवैधानिक व्यवस्थाका विषयमा कांग्रेस जानकार रहेको भन्दै अंकगणित नपुगेसम्म अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताएका हुन् ।

उनले भने,‘ कांग्रेस केन्द्रीय समितिको निर्णय नै हो प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने । नयाँ सरकार गठनका लागि हामीले अहिले पनि पहल गरिरहेका छौं । संख्या नपुग्दै अविश्वासको प्रस्ताव दर्ता गर्ने भनेको बुद्धिमानी होइन । जबसम्म अविश्वासको प्रस्ताव पारित हुने अवस्था बन्दैन त्यो बेलासम्म कांग्रेसले दर्ता गर्दैन ।’

आजको पदाधिकारी बैठकमा सबै केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरेर मात्रै केन्द्रीय समितिको बैठक बस्ने समेत उनले जानकारी दिए ।

उपसभापति नीधिका अनुसार अहिलेसम्म कांग्रेसको आगामी महाविधेशनका लागि ६ लाख क्रियाशिल सदस्यको लिष्ट केन्द्रीय कार्यालयमा आइपुगेको भन्दै कतिपय जिल्लामा कोरोनाका कारण समस्या भएको जानकारी आएको र त्यसका बारेमा समेत आजको बैठकमा छलफल भएको छ ।

उनले भने,‘अहिलेसम्म देशभरबाट ६ लाख क्रियाशील सदस्यको विवरण केन्द्रीय कार्यालयमा आइसकेको छ । डिजिटल सिष्टममा अहिले पनि इन्ट्री भइरहेको छ । कोरोनाका कारण समस्या आएको भनेर जानकारी आएको छ त्यसमा बारेमा समेत छलफल गरेका छौं ।’

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : ३४ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा