कोरोनाविरुद्ध प्रहरीको घरदैलो अभियान « Khabarhub

कोरोनाविरुद्ध प्रहरीको घरदैलो अभियान


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसविरुद्ध डोटी प्रहरीले घरदैलो अभियान शुरु गरेको छ ।

‘आफ्नो जीवन आफैँ सुरक्षित’ भन्ने नाराका साथ यहाँको प्रहरी टोलीले गाउँगाउँ तथा समुदायका घरैमा गएर कोरोना सङ्क्रमणबाट जोगिन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ । जिल्लामा पछिल्लो समय दुई जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

विश्वलाई नै आक्रान्त पारेको कोभिड–१९ का विरुद्धमा प्रहरीले माइकिङसमेत गर्न थालेको छ । विश्वको ९० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरसबारे सचेतना फैलाउनका लागि जिल्ला प्रहरी कार्यालयको टोलीले घरदैलो अभियान सञ्चालन गरेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरसविरुद्ध सचेतना फैलाउन यहाँका समुदायमा खटिएको प्रहरी टोलीले कोरोनाबाट बच्ने उपाय सिकाउनाका साथै भीडभाड नगर्न तथा मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्न थालेको छ । कोरोना भाइरसबारे सर्वसाधरणलाई जानकारी गराउन तथा उक्त रोगबाट बचाउनका लागि यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

उनले भने, “कोरोना भाइरसबाट बचाउन अभियान थालनी गरेका छौँ, ज्यानभन्दा ठूलो केही छैन, आफू बचौँ र अरूलाई पनि बाच्न दिऔँँ भन्ने हाम्रो लक्ष्य र चाहना हो ।”

यसैगरी, कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै यहाँको जिल्ला प्रशासन कार्यालयले मेला महोत्सव तथा सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ । कोरोनाको सङ्क्रमण र त्रास फैलिरहेको बेला डोटीमा पनि यसको सतर्कता अपनाउन थालिएको छ ।

जिल्लाका नौवटै स्थानीय तह र सरकारी कार्यालयलाई पत्राचार गर्दै मेला महोत्सव तथा सभासम्मेलनहरू स्थगित गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । उनका अनुसार राति ८ बजेदेखि होटेल, रेष्टुरेन्ट बन्द गर्नुपर्ने, सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्कको प्रयोग नगरी सार्वजनिक स्थानमा जानेलाई जरिवाना तिराई मास्क प्रयोग गर्न पठाउने, सभा, गोष्ठी, तालीमहरू गर्नैपर्ने भए स्वास्थ्य मापदण्ड अपनाई २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा गर्नुपर्ने लगायतका निर्णय गरिएको छ । उक्त नियमहरू पालना नगर्ने तथा नियमको उल्लङ्घन गर्नेलाइ सङ्क्रामक रोग ऐनअनुसार कानूनी कारवाही गरिने जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १० : ४५ बजे

कविता : भो ! नजाऊ लुम्बिनी

भत्काएर बुद्धका वाणी पुज्ने गुम्बा,भुइँभरी छरेर बुद्धका मूर्ति,किन जान्छौ ?बुद्धको

अन्तर्राष्ट्रिय श्रमिक दिवस : ट्रेड युनियन अधिकारबारे विमर्श

काठमाडौं– पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड

यूएईविरुद्धको नेपालले रोमाञ्चक जित

काठमाडौं- यूएईविरुद्धको नेपालले रोचक जित हासिल गरेको छ । आईसीसी

जेन-जी घाइतेको विवरण सार्वजनिक

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको