‘आमा’, ‘सहायक श्रीमान’ र ‘दुर्गामाण्डु’ उत्कृष्ट « Khabarhub

‘आमा’, ‘सहायक श्रीमान’ र ‘दुर्गामाण्डु’ उत्कृष्ट


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शुक्रबारदेखि काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा जारी ‘नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१’ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आइतबारबाट सकिएको छ ।

महोत्सवमा यो वर्ष वृत्तचित्रतर्फ गणेश पाण्डे निर्देशित तथा शारदा गैरे निर्मित बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान(को हजबेन्ड)’ उत्कृष्ट भएको छ । यो वृत्तचित्र हिमाली भेगमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा जारी बहुपति प्रथामा आधारित छ ।

यस्तै महोत्सवमा कथानक फिल्मतर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्रकुमार खड्का निर्मित फिल्म ‘आमा’ उत्कृष्ट भएको छ । फिल्म वृद्धा आमाबाबुलाई वृद्धाश्रममा राख्नेहरुको कथामा आधारित छ ।

यस्तै यो वर्ष डकुड्रामातर्फ माधवराज खरेल निर्मित एवम् निर्देशित सर्टफिल्म ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । यो फिल्ममा सुदुरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडी समस्या देखाइएको छ ।

यी तीन वटै फिल्मले जनही ५ हजार रुपैयाँ सहित आदिम पुरस्कार प्रदान गरिएको छ । अभिनेता प्रदीप बास्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट फिल्मको चयन गरेको थियो ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्धारा फेस्टिभल समापनमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए । फेस्टिभलमा नेपालमा ७ वटा र अफ्रिकामा ८ वटा फिल्म प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : ४५ बजे

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको