‘आमा’, ‘सहायक श्रीमान’ र ‘दुर्गामाण्डु’ उत्कृष्ट « Khabarhub

‘आमा’, ‘सहायक श्रीमान’ र ‘दुर्गामाण्डु’ उत्कृष्ट


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शुक्रबारदेखि काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा जारी ‘नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१’ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आइतबारबाट सकिएको छ ।

महोत्सवमा यो वर्ष वृत्तचित्रतर्फ गणेश पाण्डे निर्देशित तथा शारदा गैरे निर्मित बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान(को हजबेन्ड)’ उत्कृष्ट भएको छ । यो वृत्तचित्र हिमाली भेगमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा जारी बहुपति प्रथामा आधारित छ ।

यस्तै महोत्सवमा कथानक फिल्मतर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्रकुमार खड्का निर्मित फिल्म ‘आमा’ उत्कृष्ट भएको छ । फिल्म वृद्धा आमाबाबुलाई वृद्धाश्रममा राख्नेहरुको कथामा आधारित छ ।

यस्तै यो वर्ष डकुड्रामातर्फ माधवराज खरेल निर्मित एवम् निर्देशित सर्टफिल्म ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । यो फिल्ममा सुदुरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडी समस्या देखाइएको छ ।

यी तीन वटै फिल्मले जनही ५ हजार रुपैयाँ सहित आदिम पुरस्कार प्रदान गरिएको छ । अभिनेता प्रदीप बास्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट फिल्मको चयन गरेको थियो ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्धारा फेस्टिभल समापनमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए । फेस्टिभलमा नेपालमा ७ वटा र अफ्रिकामा ८ वटा फिल्म प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : ४५ बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले