सुदूरपश्चिमाञ्चल विश्वविद्यालद्वारा परीक्षा स्थगित « Khabarhub

सुदूरपश्चिमाञ्चल विश्वविद्यालद्वारा परीक्षा स्थगित


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गतेदेखि सञ्चालन हुने स्नातक तहका परीक्षा स्थगित गरेको छ ।

विश्वविद्यालयले आज सूचना जारी गर्दै स्नातक तह दोस्रो, छैटौँ सेमेस्टरका परीक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरेको हो ।

कोरोना भाइरसबाट विद्यार्थीहरु सङ्क्रमित भई अस्पताल भर्ना भएको भन्ने बुझिएकाले सञ्चालनमा रहेका कृषि विज्ञान तर्फका परीक्षाहरु र वैशाख १६ गतेदेखि सञ्चालन गर्ने गरी समय सारिणी प्रकाशित गरिएका परीक्षाहरु स्थगित गरिएको विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दवल्लभ पन्तले बताए ।

शनिबार विद्यार्थीले परीक्षा स्थगनको माग गर्दै विश्वविद्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : १० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि