न्यून–चापीय प्रणाली 'चक्रवात'मा परिणत, हावाहुरीसहित वर्षा र हिमपातको पूर्वानुमान | Khabarhub Khabarhub

न्यून–चापीय प्रणाली ‘चक्रवात’मा परिणत, हावाहुरीसहित वर्षा र हिमपातको पूर्वानुमान


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली ‘चक्रवात’मा परिणत भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उत्तर–उत्तरपश्चिमतिर सर्ने क्रममा यो चक्रवातले बुधबारसम्म शक्तिशाली स्वरूप लिने भएकाले यसको असर नेपालमा पनि पर्न सक्ने महाशाखाले जनाएको छ ।

चक्रवात शक्तिशाली भएमा बुधबारदेखि केही दिनसम्म नेपालमा त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

‘चक्रवातको असर मध्य र पश्चिम क्षेत्रमाभन्दा नेपालको पूर्वी क्षेत्रमा बढी पर्नेछ, सावधानिका उपायहरू अपनाउन हामी आह्वान गर्छौँ,’ पौडेलले भने,’त्यसको आंशिक असर त आजदेखि नै देखिने छ ।’

महाशाखाका अनुसार आज अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदलीको भई वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली भू–भागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले आजदेखि केही दिनसम्मका लागि  पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरिएको छ ।

बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ  यो क्रम बिहीबारसम्म नै जारी रहने महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ७ : २५ बजे

डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा

पर्वत– निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको

सुरक्षाकर्मीले पन्छाए मुक्तिनाथ मन्दिर परिसरको हिउँ

मुस्ताङ- सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

काठमाडौं– मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि

आन्दोलनबारे छलफल गर्न मानव अधिकार आयोग पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बुधबार मानव अधिकार आयोगका अध्यक्ष