घातक रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको आरोपमा ४ जना पक्राउ | Khabarhub Khabarhub

घातक रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको आरोपमा ४ जना पक्राउ


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव शरीरका लागि घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको अभियोगमा प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकाका विभिन्न ३ वटा सेनिटाइजर उद्योग र गोदाममा छापा मारी ४ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजर उत्पादक सुनसरीका आशिष प्याकुरेल, बालाजुस्थित उत्सव डिटरजेन्ट एण्ड कस्मेटिकका संचालक राकेश अग्रवाल र कमल अग्रवाल, सोह्रखुट्टेस्थित लामा समिप इन्टरप्राइजेजका संचालक सुमन बहादुर तामाङ रहेका छन् ।

प्रहरीले ठूलो परिमाणमा सेनिटाइजर समेत बरामद् गरेको बताएको छ । आरोपीहरुविरुद्ध अहिले प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन–०३२ अनुसारको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : ५५ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार