घातक रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको आरोपमा ४ जना पक्राउ « Khabarhub

घातक रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको आरोपमा ४ जना पक्राउ


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव शरीरका लागि घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको अभियोगमा प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकाका विभिन्न ३ वटा सेनिटाइजर उद्योग र गोदाममा छापा मारी ४ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजर उत्पादक सुनसरीका आशिष प्याकुरेल, बालाजुस्थित उत्सव डिटरजेन्ट एण्ड कस्मेटिकका संचालक राकेश अग्रवाल र कमल अग्रवाल, सोह्रखुट्टेस्थित लामा समिप इन्टरप्राइजेजका संचालक सुमन बहादुर तामाङ रहेका छन् ।

प्रहरीले ठूलो परिमाणमा सेनिटाइजर समेत बरामद् गरेको बताएको छ । आरोपीहरुविरुद्ध अहिले प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन–०३२ अनुसारको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : ५५ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.