मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवल कार « Khabarhub

मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवल कार


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासीपूर्व गैंडाकोटस्थित प्रसिद्ध मौलाकालिका मन्दिरमा केवलकार निर्माण गरिने भएको छ ।

आगामी एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी सोमवार रुख कटान शुरु गरिएको छ ।

उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालिका केवलकार निर्माण प्रालिले गैंडाकोटबाट मौलाकालिका मन्दिर पुग्नका लागि झण्डै एक हजार २ सय मिटर लामो केवलकार निर्माण गर्न लागेको हो ।

मन्दिर ब्यवस्थापन समितिको ३४ औँ साधारणसभाले केवलकार निर्माणका लागि ढकाललाई अनुमति दिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सालिकराम सापकोटाले बताए ।

धार्मिक वन तथा मौलाकाली सामुदायिक वन क्षेत्रको रुख कटानका लागि मन्त्रिपरिषद्बाट निर्णय नहुँदा काम शुरु हुन सकेको थिएन ।

हालै मन्त्रिपरिषद्बाट रुख कटानी अनुमति पाएपछि सोमवार गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, वडा नम्बर १ का वडाध्यक्ष हरीप्रसाद सापकोटा लगायतका जनप्रतिनिधिहरुका साथै सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्य सिंह गुरुङको उपस्थितिमा रुख कटानी शुरु गरिएको मौलाकाली सामुदायिक वनका अध्यक्ष काशीनाथ कँडेलले बताए ।

परियोजनाका लागि साना र ठूला गरी धार्मिक तथा सामुदायिक वन क्षेत्रका एक हजार ३८ वटा सानाठूला रुख काटिने कँडेलले जानकारी दिए ।

नगरप्रमुख पौडेलकाअनुसार ५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब लागतमा केवलकार निर्माण गर्न लागिएको छ ।

केवलकार कन्ट्रक्सन निर्माणको ठेक्का चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरिसकेको अष्ट्रेलियन कम्पनीले पाएको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर १ धारापानीबाट मौलाकालिका मन्दिर नजिक रहेको हेलिप्याडसम्म १ हजार २ सय मिटर लम्बाईको केवलकार निर्माण गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदकाअनुसार ८ जनासम्म बस्न मिल्ने १२ वटा डम्बा रहने गरी केवलकारको ६ वटा टावर खडा गरिनेछ । आगामी एकवर्षभित्र केवलकार निर्माण सम्पन्न गरी संचालनमा ल्याउने पनि उनले जानकारी दिए ।

स्थानीयसँगको साझेदारीमा केवलकार निर्माण लागिएकोले निजी क्षेत्रले सामाजिक क्षेत्रमा पनि काम गरेको पुष्टी भएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचनले बताए ।

मौलाकालिका पुग्ने केवलकार निर्माणले पर्यटन प्रवर्द्धनका साथै विकास र रोजगारीका अवसर बढाउने विश्वास गैंडाकोटवासीले गरेका छन् । प्रसिद्ध मन्दिर मौकाकालिकाबाट गैंडाकोट नगरका साथै चितवनको भरतपुर तथा तनहुका विभिन्न सुन्दर दृष्यहरु देख्न सकिन्छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ९ : २५ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी