आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्न निर्देशन « Khabarhub

आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्न निर्देशन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– सरकारले एसईईको परीक्षापछि मात्रै नयाँ शैक्षिक सत्रबारे निर्णय गर्ने बताइरहेका बेला नवलपरासीपूर्व कावासोती नगरपालिकाले आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गर्न निर्देशन दिएको छ ।

कावासोती नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुलाई पत्राचार गरी आन्तरिक मूल्याङ्नका आधारमा नतिजा प्रकाशित गर्न निर्देशन दिएको हो ।

नगरपालिकाका शाखा अधिकृत राजन पाण्डेले हस्ताक्षर गरी पठाएको पत्रमा कक्षा ८ को बाहेक कक्षा १ देखि ९ सम्मको नतिजा जेठ २५ गतेदेखि ३० गते भित्र प्रकाशन गर्न भनिएको छ ।

नगरपालिकाले विद्यार्थी मुल्याङ्कन आधार तथा ढाँचासमेत पठाएर जेठ २० गतेभित्र मूल्याङ्कन गरिसक्नुपर्ने जनाएको छ ।

यसै शैक्षिक सत्रमा यसअघि सञ्चालन भएका परीक्षाको ७० पूर्णाङ्क तोकिएको छ । ३० पूर्णाङ्को वैकल्पिक विधिबाट स्वास्थ्य मापदण्डअनुसार सरकारी निकायहरुबाट भएका निर्देशनको पालना गरी विद्यार्थीमैत्री ढंगबाट अभिभावकलाई समेत जानकारी हुने गरी सम्पन्न गर्न भनिएको छ ।

एसईई परीक्षा सञ्चालन सञ्चालन सम्बन्धमा अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डबाट गठित कार्यदलले अध्ययन तथा सझाव संकलन गरिरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : २५ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी