यूएईमा अलपत्र परेका ८० नेपालीलाई एनआरएनएले दियो राहत सामग्री « Khabarhub

यूएईमा अलपत्र परेका ८० नेपालीलाई एनआरएनएले दियो राहत सामग्री


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि यूएई पुगेर अलपत्र परेका ८० जना नेपाली कामदारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले राहत वितरण गरेको छ ।

काठमाडौँमा रहेको अञ्जली म्यानपावर मार्फत विगत १५ महिना अगाडि यूएईको अबुधाबीमा रहेको एड्भान्स रिक्रुमेन्ट कम्पनीमा पुगेका उनीहरु कोरोना महामारीपछि कम्पनीले काम नदिँदा अलपत्र अवस्थामा रहेको एनआरएनएले जनाएको छ ।

तीन महिनाको पारिश्रमिक पनि नपाएका उनीहरू दुई महिनादेखि काम बिहिन भएर बसेका छन् । उनीहरुले उद्धारको मागसहित त्यहाँ रहेको नेपाली दूतावासमा निवेदन दिएका थिए ।

दूतावासले एनआरएनएसंग समन्वय गरि आर्थिक स्रोत जुटाएर ८० जनालाई कम्तीमा १५ दिनसम्म खान पुग्ने दाल, चामललगायत खाद्यान्न सामग्री उपलब्ध गराएको एनआरएनए अबुधाबी क्षेत्रका संयोजक फडिन्द्र ढकालले जानकारी दिए।

३८ सय ५० दिराम (झण्डै १ लाख ३० हजार रुपैयाँ)को खाद्य सामग्री खरिद उपलब्ध गराएको एनआरएनएले जनाएको छ । उनीहरुको समस्या समाधानका लागि दूतावासले कम्पनीसंग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । तर, अझै पनि सम्पर्क हुन नसकेको एनआरएनएले जनाएको छ ।

बैदेशिक रोजागारको क्रममा यूएई आएर जागिर गुमाएर अलपत्र वा अन्य साच्चिकै समस्यामा परेकाहरूलाई एनआरएनए यूएईका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यी हुन् सम्पर्क नम्बर

(आबुधाबी क्षेत्र)

संयोजक फडिन्द्र ढकाल

सम्पर्क -०५६ १२१ ७४०१

रामु शाही ठकुरी

सम्पर्क –  ०५४ ५३३ ७५५७

(दुबई क्षेत्र)

संयोजक- मदन अधिकारी

सम्पर्क – ०५० ८६३  ०२७७

मन्जु मल्ल

सम्पर्क – ०५६५८६४७०२

(शारजाह क्षेत्र)

संयोजक: विरेन्द्र नकर्मी

सम्पर्क :- ०५५ २३२ ३०५९

(अजमान क्षेत्र)

संयोजक: राजन खतिवडा

सम्पर्क – ०५५ १०३ ८५७०

राज कार्की

सम्पर्क – ०५६८२२५२०३

प्रकाश थापा

सम्पर्क :- ०५६४७०४४०२

(राक क्षेत्र)

संयोजक: टिएन शर्मा

सम्पर्क – ०५० ६३६ ७६७२

(फुजेरा क्षेत्र)

संयोजक: सुजन सापकोटा

सम्पर्क :- ०५६  ५३४ ६५२०

काशीनाथ कार्की

सम्पर्क – ०५०३९२९४३८

(अलएन क्षेत्र)

संयोजक: राजन अधिकारी

सम्पर्क :- ०५२ ९०३ ६१९५

उज्वल दाहाल

सम्पर्क – ०५५९५१७९२

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : ४० बजे

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग