दीपिका बन्लिन् ‘डाकु रुपमती’ ? « Khabarhub

दीपिका बन्लिन् ‘डाकु रुपमती’ ?


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका प्रख्यात निर्देशक सञ्जय लीला भन्साली हालका दिनमा एकपछि अर्को प्रोजेक्टमा व्यस्त छन् । केही दिन अघि सञ्जयले अभिनेता शाहरुख खानसँग फिल्म ‘इजहार’मा सहकार्य गर्ने चर्चा चलिरहँदा यी निर्देशक आफ्नो प्रिय अभिनेत्री दीपिका पादुकोणसँग ‘बैजू बावरा’का लागि कुराकानी गरिरहेका छन् ।

बलिउड लाइफका अनुसार फिल्मको चरित्रका लागि सञ्जय र दीपिकाबीच कैयौंपटक कुराकानी भइसकेको छ । सञ्जयको फिल्मका लागि दीपिकाले ग्रीन सिग्नल दिइन भने यो फिल्ममा दीपिकाले सन् १९५२ की डाकु रानी रुपमतीको भूमिका निभाउनेछिन् । सञ्जय र दीपिका दुवैले फिल्मको चरित्रको बारेमा चर्चा गरेका छन् ।

दीपिकालाई फिल्ममा अनुबन्धका लागि केही कागजी प्रक्रिया बाँकी रहेको छ । केही बुँदामा दुवै पक्षबीच सहमति भएपछि कामको सम्झौता हुनेछ ।

‘भन्साली हाल ‘गंगूबाई काठियावाडी’को सम्पादन र पोस्ट प्रोडक्सनको काम गरिरहेका छन् । त्यही स्थानमा ‘बैजू बावरा’को टिम स–सानो काम गरिरहेका छन् । दीपिकाले सहमति जनाउनासाथ अन्य कलाकारको लागि कुराकानी अगाडि बढ्नेछन् ।’, फिल्म सम्बद्ध स्रोतले भनेको छ ।

फिल्मको सुटिङ आगामी वर्षको मध्यबाट सुरु हुनेछ । दीपिका र सञ्जयले यसअघि ‘गोलियों की रासलीलाः राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता फिल्ममा सहकार्य गरिसकेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १२ : ४५ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६