भरतमोहन अधिकारी स्मृति फाउन्डेसनद्वारा क्षेत्रपाटी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान | Khabarhub Khabarhub

भरतमोहन अधिकारी स्मृति फाउन्डेसनद्वारा क्षेत्रपाटी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई २०० थान पीपीई तथा ५० थान अक्सिमिटर सहयोग गरेको छ ।

फाउण्डेसनले मंगलबार उक्त सहयोग उपलब्ध गराएको हो । फाउन्डेसनको तर्फबाट फाउण्डेसनकी संस्थापक तथा भरत मोहन अधिकारीकी छोरी लिमा अधिकारीले अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेकी हुन् ।

उक्त अस्पतालले निःशुल्क कोभिड बिरामीको उपचार गर्दै आएको छ । कोभिड १९ को नयाँ भेरियण्टका कारण संक्रमणको जोखिम बढदै गईरहेको स्थित माझ देशको घना जनघनत्व रहेको राजधानीस्थित क्षेत्रपाटीमा संचालित उक्त अस्पतालमा कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै मुख्य आवश्यकताको पहिचान गरि उक्त सहयोग उपलब्ध गराएको फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले जानकारी गराईन् ।

भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसन पूर्व उपप्रधान एवम् अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापना भएको सामाजिक संस्था हो । स्वर्गीय नेता अधिकारीकी धर्मपत्नी सबिता अधिकारी फाउण्डेसनको अध्यक्ष छिन् । फाउण्डेसनले जेष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ भने अन्य सामाजिक कार्यमासमेत संलग्न रहदै आएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  २ : ३७ बजे

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।