भरतमोहन अधिकारी स्मृति फाउन्डेसनद्वारा क्षेत्रपाटी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

भरतमोहन अधिकारी स्मृति फाउन्डेसनद्वारा क्षेत्रपाटी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई २०० थान पीपीई तथा ५० थान अक्सिमिटर सहयोग गरेको छ ।

फाउण्डेसनले मंगलबार उक्त सहयोग उपलब्ध गराएको हो । फाउन्डेसनको तर्फबाट फाउण्डेसनकी संस्थापक तथा भरत मोहन अधिकारीकी छोरी लिमा अधिकारीले अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेकी हुन् ।

उक्त अस्पतालले निःशुल्क कोभिड बिरामीको उपचार गर्दै आएको छ । कोभिड १९ को नयाँ भेरियण्टका कारण संक्रमणको जोखिम बढदै गईरहेको स्थित माझ देशको घना जनघनत्व रहेको राजधानीस्थित क्षेत्रपाटीमा संचालित उक्त अस्पतालमा कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै मुख्य आवश्यकताको पहिचान गरि उक्त सहयोग उपलब्ध गराएको फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले जानकारी गराईन् ।

भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसन पूर्व उपप्रधान एवम् अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापना भएको सामाजिक संस्था हो । स्वर्गीय नेता अधिकारीकी धर्मपत्नी सबिता अधिकारी फाउण्डेसनको अध्यक्ष छिन् । फाउण्डेसनले जेष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ भने अन्य सामाजिक कार्यमासमेत संलग्न रहदै आएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  २ : ३७ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको