प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन : सर्वोच्च अदालत « Khabarhub

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन : सर्वोच्च अदालत

समाचार लेख्ने सञ्चार माध्ययमलाई कानूनी कारवाहीको चेतावनी


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच कुनै भेटघाट नभएको स्पष्ट पारेको छ।

सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच बालुबाटारमा भेटघाट भएको भनि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो।

सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा मध्यरातमा छलफल भएको, प्रधानमन्त्रीले गाडी पठाएपछि प्रधानन्यायाधीशसँग बालुवाटारमा छलफल भएको तथा सवा घण्टाको छलफल पछि राति ११ बजे बाहिरिएको समाचार इमेज खबर, पहिलो क्लिक अनलाइन,नेपाल समय लगायतका सञ्चारमाध्यममा प्रकाशित भएका थिए।

यी समाचारहरु प्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। ‘उल्लेखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवम यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरासय युक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेदजन्य विषय हो,’ विज्ञप्तिमा भनिएका छ, ‘अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादनको कार्यलाई प्रतिकुल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्य अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन हुनु दुखद् अवस्था हो।’

विज्ञप्तिमा समाचार प्रकासन गर्ने सञ्चार माध्ययमलाई कानूनी कारबाहीको चेतावनी समेत दिईएको छ।

‘यस प्रकारका कार्यहरु संविधान, कानून र स्वयम पत्रकार आचारसंहिताको समेत प्रतिकुल हुने हुँदा कानूनी दायरामा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार सच्याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउदछौँ।’

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ३ : ५१ बजे

‘कांग्रेस नेताले लालपुर्जा दिन्छौँ भने, सरकारले डोजर चलायो’

काठमाडौं- ५१ वर्षीय आइतबहादुर तामाङ काठमाडौंको शंखमूलमा रहेको सुकुम्वासी बस्तीमा

अर्थसंक्षेप : नेता छान्दै निजी क्षेत्र, समस्याग्रस्त सहकारीको बचत जेठदेखि फिर्ता गरिने र नेप्सेमा सामान्य अङ्कको सुधार

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने सरकारले

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा