तिलोत्तमामा लुम्बिनी प्रदेशकै पहिलो पटक ‘ट्राफिक लाइट’ जडान « Khabarhub

तिलोत्तमामा लुम्बिनी प्रदेशकै पहिलो पटक ‘ट्राफिक लाइट’ जडान



वुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ ।

मणिग्राममा जडान गरिएको ट्राफिक लाइट लुम्बिनी प्रदेशकै पहिलो रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर विश्वकर्माले जानकारी दिए ।

नगरकै सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो । ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोष्टबाट हुने नगरपालिकाले जनाएको छ ।

ट्राफिक लाइटको मंगलबार शुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले मणिग्राममा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारितासँगै यसलाई सिक्सलेन सडकका अन्य चोकहरुमा समेत विस्तार गरिने बताए ।

ट्राफिक लाइटको कन्ट्रोलका लागि चाहिने उपकरण व्यवस्थापनमा ट्राफिक प्रहरीलाई नगरपालिकाले सहयोग गर्ने स्पष्ट पार्दै उनले ट्राफिक लाइटको परिपालना, यसको संरक्षण गर्ने दायित्व हामी सबैको रहेको बताए ।

ट्राफिक प्रमुख विश्वकर्माले तिलोत्तमाले आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्थापन गर्नु अरुको लागि पनि अनुकरणीय कार्य रहेको बताए ।

प्रदेश ट्राफिक प्रहरीले बुटवल—भैरहवा सिक्सलेन सडकलाई अन्तर्राष्ट्रिय ट्राफिक नियमको परिपालना गर्ने/गराउने सडकको रुपमा लिएको बताउँदै उनले ट्राफिक लाइट व्यवस्थापनले त्यसलाई सहज गराउने स्पष्ट पारे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले ट्राफिक लाइट सडक विकासको एउटा सूचक रहेको चर्चा गर्दै यसले ट्राफिक व्यवस्थापनमा टेवा पुर्‍याउने बताए ।

ट्राफिक लाइटको नियम परिपालना गराउन केही समय लाग्ने भए पनि यसमा सडक प्रयोगकर्ता अभ्यस्त भएपछि ट्राफिक व्यवस्थापनमा प्रहरीलाई यसलाई सहयोग पुर्‍याउने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ४ : २५ बजे

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने