यी हुन ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका ५० जिल्ला (विवरणसहित) « Khabarhub

यी हुन ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका ५० जिल्ला (विवरणसहित)


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका ६३ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६३ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।

जसमध्ये ५० जिल्लामा पाँच सयभन्दा बढी र अन्य १३ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, धनकुटामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्  । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट, सप्तरी, सिराहा, सर्लाही र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, म्याग्दी, पर्वत, लमजुङ र स्याङ्जा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै  लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सल्यान, सुर्खेत र दैलेख तथा सुदुरपश्चिम प्रदेशको डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यी हुन् २०० बढी सक्रिय संक्रमित रहेका जिल्ला

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाम, ताप्लेजुङ, उदयपुर,  ओखलढुंगा, संखुवासभा, खोटाङ २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बागमती प्रदेशको रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशको बागलुङ  पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको जाजरकोट, कालिकोट र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशको दार्चुलामा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : ५९ बजे

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी