जङ्गली च्याउ खाएर बिरामी भएका थप एकको मृत्यु « Khabarhub

जङ्गली च्याउ खाएर बिरामी भएका थप एकको मृत्यु


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको सिलिचोङ गाउँपलिका –५ याफुमा जङ्गली च्याउ खाँदा बिरामी भएका थप एक जनाको मृत्यु भएको छ । उक्त गाउँकी २१ वर्षीया निर्जला राईको आज बिहान मृत्यु भएको उनका आफन्त डेबिन मेवाहाङले जानकारी दिए ।

गत शुक्रबार जङ्गली च्याउ खाएर सिलिचोङ –५ याफुका राईसहित परिवारका नौ जना बिरामी भएका थिए । निर्जलाको उपचारको क्रममा विराटनगरको लाइफगार्ड अस्पतालमा निधन भएको हो ।

च्याउ खाएर बिरामी भएकी आठ वर्षीया रोजिना राईको गत आइतबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भइसकेको छ ।

आठ वर्षीय सन्धन राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसियु कक्षमा राखिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ९ : ३० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका