खाद्य तथा किराना पसल खोल्न नपाइने, यी हुन् बिहान ९ बजेसम्म खुल्न पाउने पसलहरू ? (सूचीसहित) | Khabarhub Khabarhub

खाद्य तथा किराना पसल खोल्न नपाइने, यी हुन् बिहान ९ बजेसम्म खुल्न पाउने पसलहरू ? (सूचीसहित)


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा फेरि थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न तथा किराना पसल र डिपार्टमेन्टल स्टोरलगायतका पसल समेत बन्द हुने भएका छन् ।

मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १४ गतेदेखि लागू हुने गरि ती पसल बन्द गर्ने निर्णय गरेको हो । तर, केही पसलहरू भने बिहान ९ बजेसम्म खुल्न पाउने छन् ।

बिहान ९ बजेसम्म खुल्न पाउने पसलहरू

१. तरकारी पसल,
२.फलफूल पसल
३. दूध पसल
४. मासु पसल
५. खानेपानी र ग्यास पसलहरू ।

यस्तै, तरकारी तथा फलफूलको थोक बजारमा फुटकर विक्री वितरण गर्न नदिने निर्णय पनि प्रजिअहरूको छ । स्थानीय ढुवानी बिहान ९ बजेसम्म गर्न पाइने निर्णय पनि भएको छ ।

साथै, औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका सबै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक घरबाहिर ननिस्कन भनिएको छ । प्रशासनले मर्निङ वाक र इभिनिङ वाक गर्न समेत प्रतिबन्ध लगाएको छ ।

नयाँ आदेशअनुसार निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम गरिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : ०१ बजे

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि

लामिछानेको जवाफ- गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट

गगनप्रति रविको आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि

कृषि मन्त्रालय- यसवर्ष रासायनिक मलको अभाव हुँदैन, ढुक्कले खेती गर्नुहोस्  

काठमाडौं–  यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने

संसद्‍मा रविले भने : म बहुलाहा होइन

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गरेर प्रमुख