एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्ड अनलाइनबाटै लिन सकिने « Khabarhub

एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्ड अनलाइनबाटै लिन सकिने


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिएर लिन सकिने सुविधा ल्याएको हो।

यो सुविधा ग्राहकहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा मार्फत उपभोग गर्न सकिने जनाएको छ ।

भिजा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहक वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्ने जनाएको छ ।

बैंकका ग्राहक महानुभावहरुले बैंकको Self Help Banking platform iServe भित्र Card Servicesमा क्लिक गरी  Dollar Card Request मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ ।

उक्त विवरण भरेपछि ग्राहक महानुभावको मोबाइल नम्बरमा OPT प्राप्त हुने र उक्त OPT राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सकिने बैंकले जनाएको छ ।

तत्पश्चात् ग्राहक महानुभावले आफूलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्नुहुनेछ । यसरी रकम लोड गरेपछि आफुलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ ।

यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहक महानुभावलाई एसएमएस  मार्फत जानकारी गराउँनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सकिने बैंकले जनाएको छ ।

यद्यपी कोरोना कहरको यस विषम परिस्थितिमा बैंकले सिमित शाखा मार्फत आफ्नो सेवा प्रवाह गरिरहेको अवस्थामा प्रिपेड डलर कार्ड लिन इच्छुक ग्राहक महानुभावले बैंकको वेबसाइट अथवा सामाजिक संजालमा राखिएको शाखा खुल्ने सम्बन्धी सूचना हेरी वा बैंकमा सम्पर्क गरी आफूले रोजेको शाखा खुल्ने दिन मात्र सरकारले जारी गरेको निषेधाज्ञाकोे पालना गरी बैंकको शाखा कार्यलयबाट उक्त कार्ड लिन अनुरोध गरेको छ । यस कार्ड सुविधा अझ बढी सुलभ बनाउनका निमित्त बैंकले हाल शुल्क रू. ३५० कायम गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ३ : ४८ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब