साम्प्रदायिकता भड्काउन खोजेको भन्दै युवाहरुद्वारा वीरगञ्जमा भीम रावल‍को पुत्ला दहन « Khabarhub

साम्प्रदायिकता भड्काउन खोजेको भन्दै युवाहरुद्वारा वीरगञ्जमा भीम रावल‍को पुत्ला दहन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको आरोपमा स्थानीयले वीरगञ्जमा पूर्व एमाले नेता भीम रावल‍को पुत्ला दहन गरेका छन् ।

युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रहेका युवाहरुले नेता रावल‍को पुत्ला दहन गरेका हुन् ।

उनले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजुद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं-लाख युवा-युवतीहरुलाई विभिन्न वहाना र जालझेलको आडमा अनागरिक बनाईं राख्ने षड्यंत्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी हुन्।’

विरगंजका सचेत, जागरूक एवं क्रान्तिकारी युवाहरुले नेता रावलको पुत्ला दहन गरेका हुन् ।

नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत राष्ट्रवाद होकी देश र जनतप्रतिको घात सबैले समयमैं बुझ्न जरूरी रहेको दासले बताए ।

लाखौँ नागरिक राज्य विहीनता महशुस गरिरहेको अवस्थामा सरकारले नागरिकता सम्बन्धी समस्या समाधान गर्न ल्याएको नागरिकता अध्यादेशबारे भ्रमपूर्ण कुरा गरेर रावलले सम्प्रदायिकता भडकाउन खोजेको उनीहरुको आरोप छ ।

नेता रावलले सामाजिक सञ्जालमा वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको समाचार आयो भन्दै ट्वीट गरेका थिए । उक्त ट्वीटको आलोचना भएपछि उनले हटाएका थिए ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ७ : ३१ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई