तनहुँका नौ स्थानीय तहले ल्याए साढे छ अर्बको बजेट « Khabarhub

तनहुँका नौ स्थानीय तहले ल्याए साढे छ अर्बको बजेट


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्लाका १० मध्ये नौ पालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र छ गाउँपालिकाले एकैदिन आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका छन् ।

जिल्लाका स्थानीय तहले रु छ अर्ब ६९ करोड २२ लाख २३ हजार ५०० बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । भानु नगरपालिकाले भने बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन । राजनीतिक द्वन्द्वका कारण भानुमा नगरसभा हुन नसकेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले आफूहरु छलफलमै रहेको बताए । भानुमा बेलाबेलामा विवाद हुँदै आइरहेको छ ।

स्थानीय तहले आफ्ना प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका छन् । सङ्घ, प्रदेशबाट आएको अनुदान र पालिकाको आन्तरिक आम्दानीको अनुमानका आधारमा बजेटको आकार निर्धारण गरिएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो नगरपालिका व्यासले सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट सार्वजनिक गरेको छ । चालु वर्षको तुलनामा रु २५ करोड बढीको बजेट प्रस्तुत गरिएको उपप्रमुख मीरा जोशीले बताइन । उनका अनुसार बिहीबार पेश गरिएको नीति तथा कार्यक्रम पारित भएको र बजेटउपर छलफल बाँकी भएको बताए । त्यसका लागि असार २३ गते बैठक आह्वान गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा रु तीन करोड कम बजेट सार्वजनिक गरेको छ । शुक्लागण्डकीले रु एक अर्ब ६ करोड ८६ लाख २० हजारको बजेट सार्वजकि गरेको छ । भिमाद नगरपालिकाले रु ५८ करोड ५६ लाख आठ हजारको बजेट पेश गरेको छ । उपप्रमुख शारदा खनालले पेश गरेको बजेटको आधाभन्दा बढी रकम सामाजिक विकास शीर्षकमा विनियोजन गरिएको छ ।

म्याग्दे गाउँपालिकाले रु ६५ करोड ८२ लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । आँबुखैरेनी गाउँपालिकाले रु ६१ करोड ७० लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । पर्यटकीय ‘हब’का रूपमा परिचित बन्दीपुर गाउँपालिकाले रु ५१ करोड ३४ लाख एक हजार ५०० को अनुमानित बजेट सार्वजनिक गरेको छ ।

ऋषिङ गाउँपालिकाले रु ५२ करोड र देवघाट गाउँपालिकाले रु ४८ करोड ६९ लाख ७८ हजारको बजेट सार्वजनिक गरेका छन् । घिरिङ गाउँपालिकाले जिल्लाका स्थानीय तहको तुलनामा सबैभन्दा कम बजेट ल्याएको छ । घिरिङले रु ४६ करोड ३४ लाखको बजेट सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : ५५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन