एटिएम मेसिन तोडफोड गर्ने पक्राउ « Khabarhub

एटिएम मेसिन तोडफोड गर्ने पक्राउ


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । बुधबार राति साढे ८ बजे जाँदा एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो । तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो । पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोबाइल लुटपाट गर्ने दुई पक्राउ

मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वेदकोट–७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाले भीमदत्त–६ का सुनिता सिंह र उनका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि बुधबार रौटेला मन्दिर गएका बेला उनीहरुको साथमा रहेको मोबाइल लुटपाट गरेका थिए ।

लागुऔषध मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

भीमदत्त–८ तिलाचौरका ४८ वर्षीय लागुऔषध चरेसका फरार प्रतिवादी भानी (भानदेव) भट्टलाई प्रहरीले पक्राउ गरेको छ । घर ठेगानामै लुकीछिपी बसेका बेला प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ परेका भट्टलाई जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यसैगरी लागुऔषध खैरो हिरोइन मुद्दामा वारदातमा संलग्न रही फरार रहेका दोधारा चाँदनी नगरपालिका–७ घर भई भीमदत्त–४ सब्जीमण्डी बस्ने ३२ वर्षीय बिजेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त–४ मा लुकीछिपी बसिरहेका बेला मल्ललाई पक्राउ गरिएको हो । पक्राउ परेका मल्ललाई अदालतमा पेश गरी म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

जबर्जस्ती करणी गर्ने पक्राउ

शारीरिक फरक क्षमता भएकी २१ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले वेदकोट–१० नयाँगाउँका अन्दाजी ४० वर्षीय चक्रबहादुर सार्कीलाई पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सार्कीलाई बिहीबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १० : ५५ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १