सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितलाई सरकारले सहयोग गर्छ : प्रधानमन्त्री « Khabarhub

सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितलाई सरकारले सहयोग गर्छ : प्रधानमन्त्री


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताएका छन् ।

नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीको आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारलाई शहरी विकास मन्त्रालयमार्फत घर निर्माणका लागि उक्त जस्तापाता प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले सरकारले अस्थायी घर बनाउन सहयोग गर्ने, खानेपानी, बिजुली र टेलिफोन तत्काल पुनः सञ्चालन गर्न सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिए । साथै बाटो पुनः सञ्चालन गर्न पुल निर्माण, झोलुङ्गे पुल निर्माण गर्ने, बाढीको सूचना थाहा पाउने गरी साइरन जडान गर्नसमेत उनले निर्देशन दिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

उनले सो अवसरमा बाढीपहिरो प्रभावित स्थानका मानिसले भोगिरहेका समस्यालाई यथाशीघ्र सम्बोधन गरी मृतक परिवारलाई क्षतिपूर्ति, राहत र विस्थापित ४०० परिवारलाई राहत तथा पुनर्स्थापना, नदी नियन्त्रण, बिग्रेभत्केका संरचना (खानेपानी, विद्युत्, सडक, पुल)को तत्काल पुनर्निर्माण गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

यही असार १ गते साँझ सिन्धुपाल्चोकको मेलाम्च, याङ्ग्री र लार्के खोलामा आएको बाढीले जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका छवटा बजार तथा मानव बस्ती चनौटे, मेलम्ची, ग्याल्थुम, तालामाराङ, हल्दे, तिम्बु तल्लो बजार र सो आसपास बस्तीमा ल्याएको ढुङ्गागिट्टी तथा लेदोका कारण उक्त मानव बस्तीमा पूरै क्षति पुर्‍याई ठूलो सङ्कट पैदा भएको छ ।

उक्त बाढीपहिरामा परी १६ व्यक्तिको मृत्यु भएको थियो भने ४०० परिवार विस्थापित, ३३७ घर र ६० गोठ, छ मोटरेवल पुल तथा १३ झोलुङ्गे पुल बगाएको थियो ।

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा अपूरणीय क्षति भएको, विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ भने बैंकबाट ऋण लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको बैंक किस्ता भुक्तानीमा समस्या भएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ३ : ५५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज