घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित « Khabarhub

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिरहेका बेला इरानी राष्ट्रपतिको छोराले उनी सुरक्षित र स्वस्थ रहेको दाबी गरेका छन् । इजरायल र संयुक्त राज्य अमेरिकासँगको जारी युद्धको पृष्ठभूमिमा यस्तो दाबी सार्वजनिक गरिएको हो ।

इरानी राष्ट्रपतिको छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत मोजताबा खामेनीको अवस्थाबारे टिप्पणी गर्दै उनी घाइते भएको खबर आफूले पनि सुनेको तर त्यसको पुष्टि नभएको बताएका छन् ।

उनका अनुसार आफूले सम्पर्कमा रहेका केही व्यक्तिसँग सोधपुछ गर्दा उनीहरूले खामेनी सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् । “मैले मोजताबा खामेनी घाइते भएको खबर सुनेको थिएँ । मैले सम्पर्क भएका केही साथीहरूलाई सोधेको छु । उनीहरूले भगवानको कृपाले उहाँ सुरक्षित र स्वस्थ हुनुहुन्छ भन्ने बताएका छन्”, पेजेस्कियानले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि सरकारी टेलिभिजनले खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्व सैनिक’ भनेर उल्लेख गरेको थियो । तर उनी कहिले र कसरी घाइते हुनुभएको हो भन्नेबारे भने कुनै स्पष्ट विवरण दिइएको थिएन । मोजताबा खामेनी इस्लामिक गणतन्त्रका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातुल्ला अली खामेनीका छोरा र उत्तराधिकारी हुन् ।

आयातोल्ला अली खामेनीको फेब्रुअरी २८ मा इरानमाथि गरिएको अमेरिका–इजरायल संयुक्त आक्रमणमा मृत्यु भएपछि मोजताबालाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सारिएको हो । उक्त घटनापछि नै मध्यपूर्व क्षेत्रमा व्यापक युद्ध सुरु भएको थियो ।

छपन्न वर्षीय मोजताबा खामेनी सामान्यतः सार्वजनिक जीवनमा कम देखिने व्यक्तित्वका रूपमा चिनिन्छन् । उनी सार्वजनिक कार्यक्रममा विरलै देखिन्छन् र प्रायः आधिकारिक कार्यक्रममा बोल्न पनि कमै देखिएको बताइन्छ । आइतबार सर्वोच्च नेता घोषणा गरिएपछि पनि उनले राष्ट्रलाई औपचारिक सम्बोधन गरेका छैनन् ।

साथै हालसम्म उनका तर्फबाट कुनै लिखित वक्तव्य पनि सार्वजनिक भएको छैन, जसले उनको अवस्थाबारे विभिन्न अनुमानहरू फैलिन मद्दत गरेको छ । यसैबीच अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले बुधबार प्रकाशित गरेको एक रिपोर्टमा तीन जना नाम नखुलाइएका इरानी अधिकारीहरूलाई उद्धृत गर्दै मोजताबा खामेनी घाइते भएको उल्लेख गरेको थियो ।

उक्त रिपोर्टअनुसार उनको खुट्टामा चोट लागेको थियो, तर उनी सचेत अवस्थामा रहेको र सीमित सञ्चारका साथ अत्यन्त सुरक्षित स्थानमा बसिरहेको बताइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १ : ४५ बजे

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २