बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू) « Khabarhub

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरूले काठमाडौंमा खबरदारीसहित प्रदर्शन गरेका छन् ।

देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरूको न्यायका लागि भन्दै उनीहरूले बुधबार काठमाडौंको माइतीघरमा खबरदारीसहित प्रदर्शन गरेका हुन् । साथै उनीहरूले मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारबाही गर, सरकार बदलियो, समाज बदलिएन, महिला शोषण विरुद्ध एक हौँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले निर्वाचनपछि दलित समुदायका व्यक्तिहरू संसद्मा पुगेकाले अव दलितहरूको मुद्दालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

साथै उनीहरूले यसअघि सडकमा बसेरसँगै आन्दोलन गरेकाहरूले संसद् र सरकारबाट दलित अधिकारका लागि गम्भीर भएर काम गर्नुपर्ने जनाएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १ : ४८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग