जातीय विभेदका प्रश्नमा प्रधानमन्त्रीको मौनता गम्भीर : कांग्रेस « Khabarhub

जातीय विभेदका प्रश्नमा प्रधानमन्त्रीको मौनता गम्भीर : कांग्रेस


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले अझै पनि राज्यले नै जातीय विभेदलाई प्रश्रय दिन खोजेको आरोप लगाएको छ ।

जातीय विभेदबारे शिक्षा, विज्ञान तथा प्रविधिलगायत मन्त्रीको जिम्मेवारीमा रहेका कृष्णगोपाल श्रेष्ठको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनताले गम्भीर प्रश्न उठाएको कांग्रेसको निष्कर्ष छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई मन्त्रीको जिम्मेवारीमा रहेका कृष्णगोपाल श्रेष्ठलाई अझै किन मन्त्री कायम राखेको भन्ने प्रश्न गरेका छन् ।

‘हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सञ्चारकर्मी रूपा सुनारलाई थरकै आधारमा बबरमहलकी घरबेटी सरस्वती प्रधानले कोठा दिएकी थिइनन् । रूपाको उजुरीपछि सरस्वतीलाई हिरासतमा लिएर अनुसन्धान गरिएको थियो । उनलाई छुटाउन बुधबार मन्त्री श्रेष्ठ प्रहरी कार्यालय नै पुगेका थिए ।

‘प्रश्न रूपमा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्र होइन । प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने प्रश्न हो,’ उनले भनेका छन्, ‘सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौँ भन्ने पनि हो ।’

उनले यस घटनामा राज्यकै भूमिका उपर गम्भीर प्रश्न उब्जिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘गम्भीर प्रश्नमा जवाफदेही बन्ने कि सम्पूर्ण मौनता राख्ने प्रधानमन्त्रीज्यू ?,’ प्रवक्ता शर्माको प्रश्न छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : १९ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री