जातीय विभेदका प्रश्नमा प्रधानमन्त्रीको मौनता गम्भीर : कांग्रेस « Khabarhub

जातीय विभेदका प्रश्नमा प्रधानमन्त्रीको मौनता गम्भीर : कांग्रेस


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले अझै पनि राज्यले नै जातीय विभेदलाई प्रश्रय दिन खोजेको आरोप लगाएको छ ।

जातीय विभेदबारे शिक्षा, विज्ञान तथा प्रविधिलगायत मन्त्रीको जिम्मेवारीमा रहेका कृष्णगोपाल श्रेष्ठको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनताले गम्भीर प्रश्न उठाएको कांग्रेसको निष्कर्ष छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई मन्त्रीको जिम्मेवारीमा रहेका कृष्णगोपाल श्रेष्ठलाई अझै किन मन्त्री कायम राखेको भन्ने प्रश्न गरेका छन् ।

‘हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सञ्चारकर्मी रूपा सुनारलाई थरकै आधारमा बबरमहलकी घरबेटी सरस्वती प्रधानले कोठा दिएकी थिइनन् । रूपाको उजुरीपछि सरस्वतीलाई हिरासतमा लिएर अनुसन्धान गरिएको थियो । उनलाई छुटाउन बुधबार मन्त्री श्रेष्ठ प्रहरी कार्यालय नै पुगेका थिए ।

‘प्रश्न रूपमा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्र होइन । प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने प्रश्न हो,’ उनले भनेका छन्, ‘सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौँ भन्ने पनि हो ।’

उनले यस घटनामा राज्यकै भूमिका उपर गम्भीर प्रश्न उब्जिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘गम्भीर प्रश्नमा जवाफदेही बन्ने कि सम्पूर्ण मौनता राख्ने प्रधानमन्त्रीज्यू ?,’ प्रवक्ता शर्माको प्रश्न छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : १९ बजे

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली